Zephaniah 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका धन-सम्‍पत्ति लुटिनेछन् र घरहरू भत्‍काइनेछन्। आफूले बनाएका घरहरूमा तिनीहरूले कहिल्‍यै बास गर्न पाउनेछैनन्। आफूले लगाएका दाखबारीबाट तिनीहरूले कहिल्‍यै दाखमद्य पिउन पाउनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका धन-सम्‍पत्ति लुटिनेछन्, तिनीहरूका घर भत्‍काइनेछन्‌। तिनीहरूले घर बनाउनेछन्‌ तर तिनमा बस्‍न पाउनेछैनन्‌। तिनीहरूले दाखबारी लगाउनेछन्‌ तर त्‍यसको दाखमद्य पिउन पाउनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्, तिनीहरूका घरहरू भत्काइनेछन्। तिनीहरूले घर बनाउनेछन्, तर त्यसमा तिनीहरू बस्‍न पाउनेछैनन्; तिनीहरूले दाखबारी लगाउनेछन्, तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।”
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूको सबै सम्पत्ति लुटिनेछन्, अनि घरहरू नष्ट हुनेछन्। तिनीहरूले घर बनाए तापनि त्यसमा बस्न पाउँने छैनन्। तिनीहरूले दाखको बोट रोपे पनि त्यसको दाखरस खान पाउने छैनन्।”