Zephaniah 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “म मानिसहरूबीच यस्‍ता विपत्ति ल्‍याउनेछु कि तिनीहरूले अन्‍धाझैँ छाम-छाम छुम-छुम गरी हिँड्‍नेछन्। तिनीहरूले मेरो विरुद्धमा पाप गरेका छन्। अब तिनीहरूको रगत पानीझैँ खन्‍याइनेछ र लाशहरू सडेर जमिनमा परिरहनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मानिसहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, र तिनीहरू अन्‍धा मानिसहरूझैँ हिँड्‌नेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्‌। तिनीहरूको रगत धूलोसरि र तिनीहरूका आन्‍द्रा-भुँड़ीहरू फोहोरसरि फ्‍याँकिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म सबै मानिसहरूमाथि यस्तो सङ्कष्‍ट ल्याउनेछु, कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्; किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्। तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म मानिसहरूको जीवन संकटमय बनाई दिनेछु। मानिसहरू अन्धा जस्तै जता ततै जानेछन् तिनीहरूकहाँ गइरहेकाछन् तिनीहरू आफै जान्ने छैनन्। किन? किनभने मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेकाछन्। धेरै मानिसहरू मारिने छन्। तिनीहरूको रगत जमीनमा बग्नेछ अनि लाश गोबर जस्तै जमीनमा छरिएर सडनेछ।