Zephaniah 1:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको क्रोध प्रकट भएको दिन तिनीहरूका जम्मै सुन र चाँदीले पनि तिनीहरूलाई बचाउनेछैन। उहाँको क्रोधको आगोले सारा पृथ्वीलाई भस्म पार्नेछ। पृथ्वीका बासिन्दाहरू सबैको उहाँले अचानक अन्त गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्म पारिनेछ, किनकि पृथ्वीमा बस्नेहरू सबैलाई उहाँले अचानक भस्म पार्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई याहवेहको क्रोधको दिनमा, न त तिनीहरूका सुनले, न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।” उहाँको डाहको आगोमा सारा संसार भस्म पारिनेछ; किनकि यस पृथ्वीमा बसोबास गर्ने सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जब परमप्रभुले उहाँको रिस धेरै देखाउनुहुनेछ तिनीहरूको सुन र चाँदीले तिनीहरूलाई सहायता गर्ने योग्य हुने छैनन्। त्यस समय परमप्रभु एकदमै क्रोधित हुनुहुनेछ। परमप्रभुले उहाँको रिसको आगोद्वारा सारा संसारलाई जलाई दिनुहुनेछ। परमप्रभुले पृथ्वीका सम्पूर्ण चीज-बीज नष्ट गरिदिनु हुनेछ।”