Zephaniah 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू, पशुहरू, चरा-चुरुङ्गीहरू र माछाहरू सबै म नाश गर्नेछु। म दुष्‍टलाई ध्‍वंस पार्नेछु। मानिस जातिलाई ध्‍वंस पार्नेछु। कोही बाँच्‍नेछैन। म परमप्रभुले बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मानिसहरू र पशुहरू दुवैलाई म ध्‍वंस पार्नेछु। आकाशका पक्षीहरू, समुद्रका माछाहरूलाई म ध्‍वंस पार्नेछु। म पृथ्‍वीबाट मानिस-जातिलाई नष्‍ट पार्नेछु, र दुष्‍टहरूका निम्‍ति ढुङ्गाको रास मात्र हुनेछ,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु; म आकाशका पक्षीहरू र समुद्रका माछाहरूलाई नाश गर्नेछु। दुष्‍टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।” “अनि म सबै मानव-जातिलाई पृथ्वीको सतहबाट मेटिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म सबै मानिसहरू अनि सबै पशुहरूलाई नष्ट पार्नेछु। म आकाशमा उडने चराहरू अनि समुद्रका सबै माछालाई नष्ट गरिदिन्छु। दुष्ट मानिसहरू र सबै कुराहरू नष्ट गरिदिनेछु जसले तिनीहरूलाई पाप गराउँछ। यो पृथ्वीबाट मानिसहरूको अस्तित्व नै मेटाई दिनेछु,” परमप्रभुले भन्नुभयो।