Zephaniah 2:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनीहरूलाई भयभीत पार्नुहुनेछ। पृथ्‍वीका देवी-देवताहरूलाई उहाँले बेकामको बनाउनुहुनेछ। तब हरेक जातिले आफ्‍नो देशमा उहाँलाई पुज्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँले देशका सबै देवताहरूलाई नष्‍ट पार्नुहुनेछ, तब तिनीहरूका निम्‍ति परमप्रभु भयङ्कर हुनुहुनेछ। हरेक किनारका जाति-जातिले उहाँको आराधना गर्नेछन्, प्रत्‍येकले आफ्‍नै भूमिमा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह तिनीहरूका निम्ति डरलाग्दो हुनुहुनेछ, जब उहाँले पृथ्वीका सबै देवताहरूलाई नष्‍ट गर्नुहुन्छ। उहाँलाई टाढाका राष्ट्रहरूले आ-आफ्नो भूमिबाट दण्डवत् गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू परमप्रभुसंग डराउनेछन्। किन? किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्।