Zephaniah 2:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समुद्रको किनारमा बास गर्ने पलिश्तीहरू, तिमीहरूको नाश हुनेछ। तिमीहरूमाथि परमप्रभुले दण्डको आज्ञा दिइसक्नुभएको छ। उहाँले तिमीहरूलाई नष्ट पार्नुहुनेछ। तिमीहरूबाट एक जना पनि जीवित छोडिनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुद्रको किनारमा रहने करेती जातिलाई धिक्कार! परमप्रभुको वचन तिमीहरूका विरुद्धमा छ, हे कनान, पलिश्तीहरूको देश। “तँमा कुनै बासिन्दा नरहने गरी म तँलाई नाश गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समुद्रका छेउमा बसोबास गर्ने, हे करेतीहरू हो, तिमीहरूलाई धिक्कार छ; हे पलिश्तीहरूको देश, कनान, याहवेहका यी वचन तिमीहरूका विरुद्ध छ, उहाँले भन्नुहुन्छ, “म तँलाई नाश पार्नेछु, कोही पनि जीवित छोडिनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
पलिश्तीको उपकुलमा ऋेटबाट आएर बस्ने मानिसहरू हो! यो परमप्रभुको संदेश तिमीहरूको लागि हो। कनानका भूमिहरू र पलिश्तीका भूमिहरू अनि तिनीहरू ध्वंश हुनेछन् त्यहाँ कोही मानिस पनि बाँच्ने छैनन्।