Zephaniah 3:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका बाँचेका मानिसहरूले कसैलाई बिझाउनेछैनन्, झूट बोल्‍नेछैनन् र छलछामको काम गर्नेछैनन्। तिनीहरूलाई सुरक्षा र फलिफाप हुनेछ र तिनीहरू कसैसित डराउनेछैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका बाँकी रहेकाहरूले कुनै गल्‍ती गर्नेछैनन्‌। तिनीहरूले झूट बोल्‍नेछैनन्, न तिनीहरूका मुखमा छल पाइनेछ। तिनीहरू खानेछन्‌ र पल्‍टेर बस्नेछन्, र कसैले तिनीहरूलाई भयभीत तुल्‍याउनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलमा बाँचेकाहरूले कुनै पनि अधर्म गर्नेछैनन्; तिनीहरूले कुनै झूटो बोल्नेछैनन्। तिनीहरूका मुखमा कुनै पनि छलका कुरा पाइनेछैन। तिनीहरू खानेछन्, सुत्नेछन् र कसैले पनि तिनीहरूलाई भयभीत पार्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेडा जस्तै हुनेछन् जुन खाए पछि शान्तसंग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”