Zephaniah 3:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिमीहरूको दण्ड हटाउनुभएको छ, तिम्रा सबै शत्रुहरूलाई धपाउनुभएको छ। परमप्रभु, इस्राएलका राजा, तिमीहरूसित हुनुहुन्छ, तिमीहरूले फेरि डराउनुपर्ने कुनै कारण छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तेरो दण्ड हटाइदिनुभएको छ; तेरा शत्रुहरूलाई फर्काइदिनुभएको छ। याहवेह इस्राएलका राजा तँसित हुनुहुन्छ; अब फेरि तैँले कुनै खराबीको डर मान्नुपर्दैन।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने परमप्रभुले तिम्रो दण्ड रोकिदिनु भयो। उहाँले तिम्रो शत्रुहरूको दृढ किल्लाहरू नष्ट गरिदिनु भयो। इस्राएलका राजा परमप्रभु तिम्रो साथमा हुनुहुन्छ। तिमीले कुनै नराम्रो घटनाको बारेमा चिन्ता गर्नु पर्ने आवश्यक्ता छैन।