Zephaniah 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले त्यस बेला मेरा प्रजाले मलाई आदर गर्नेछन् र मेरा अनुशासन ग्रहण गर्नेछन् र मैले सिकाएका पाठहरू कहिल्यै बिर्सनेछैनन् भनी सोचेको थिएँ। तर धेरै दिन नबित्दै तिनीहरूले पहिलेजस्तै दुष्ट्याइँ गर्न थालिहाले।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले सहरलाई भनें, ‘तैंले निश्चय नै मेरो त्रास मान्नेछस्, मेरो ताड़ना ग्रहण गर्नेछस्।’ तब त्यसको बस्ने ठाउँ त्यागिनेथिएन, र मेरा सबै दण्डहरू त्यसमाथि पर्नेथिएनन्। तर भ्रष्टतापूर्वक सबै काम गर्नलाई तिनीहरू झन् बढ़ी उत्सुक भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यरूशलेम सहरको बारेमा भनेँ, ‘निश्चय नै तैँले मेरो भय मान्नेछस्, र मेरो सुधारको अनुशासन ग्रहण गर्नेछस्!’ तब त्यसको शरणस्थानलाई नाश पारिनेछैन, न त मेरा सबै तोकिएका दण्डहरू त्यसमाथि पर्नेछन्। तर तिनीहरू आफूले गर्ने सबै कामहरूमा झन् भ्रष्टतापूर्वक उत्सुक थिए।”
Nepali ERV (पवित्र बाइबल)
मैले तिमीहरूलाई यो यसकारण भनि रहेछु कि तिमीहरूले यसबाट शिक्षा लेऊ। म चाहन्छु तिमीहरू मसंग डराऊ अनि मेरो इज्जत गर। यदि तिमीले यस्तो गर्यौ भने तिमीहरूको घर नष्ट हुनेछैन। यदि तिमीहरूले यसो गर्यो भने मैले बनाएको योजना अनुसार तिमीहरूलाई दण्ड दिइने छैन।” ती अपराधी मानिसहरूले अझै अपराध मात्र गर्न चाहन्छन् जुन तिनीहरूले पहिला देखि नै गर्दै आएका थिए।