bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 John 1
2 John 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
1
मण्डलीका गुरुबाट परमेश्वरले चुन्नुभएकी स्त्री र तिनका छोरा-छोरीहरूलाई, म तिमीहरूलाई साँचो रूपले प्रेम गर्छु। म मात्र होइन तर सत्यलाई चिन्ने जति सबैले तिमीहरूलाई प्रेम गर्छन्
2
किनभने सत्य हामीमा छ र सधैँ रहनेछ।
3
परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टले हामीलाई अनुग्रह, कृपा र शान्ति देऊन्। सबै सत्यता र प्रेममा यी हाम्रा होऊन्।
4
तिम्रा छोरा-छोरीहरूमध्ये कति जना परमेश्वरले दिनुभएको आज्ञाअनुसार हिँडेको भेट्टाएर मलाई धेरै खुसी लाग्यो।
5
हे प्रिय स्त्री, मैले तिमीलाई कुनै नयाँ आज्ञा लेखेको होइनँ। तर सुरुदेखि पाएको आज्ञाअनुसार म तिमीलाई बिन्ती गर्छु। हामी सबैले एक-अर्कालाई प्रेम गरौं।
6
प्रेम गर्नु परमेश्वरको आज्ञाअनुसार हिँड्नु हो। तिमीहरू सबैले सुनेका सुरुदेखिको आज्ञा यही हो कि तिमीहरू सबै प्रेममा बस्नुपर्छ।
7
‘येशू ख्रीष्ट मानिसकै शरीरमा आउनुभएको होइन’ भनेर धेरै भर्माउनेहरू संसारमा चारैतिर पसेका छन्। यस्ता मानिसहरू भर्माउने र ख्रीष्ट विरोधी हुन्।
8
त्यसो हुँदा होशियार बस। खटेर तिमीहरूले जति काम गरेका छौ, त्यसको पाउनुपर्ने इनाम हराउने होइन तर सबै पाउने होओ।
9
ख्रीष्टको शिक्षादेखि बाहिरका अरू कुरातिर लाग्ने मानिससँग परमेश्वर रहनुहुन्न। तर उहाँको शिक्षामा लाग्नेसँग पिता र पुत्र दुवै रहनुहुन्छ।
10
यसकारण ख्रीष्टको यस्तो शिक्षा नदिएर भर्माउनेहरू तिमीहरूकहाँ आउँदा घरमा पस्न पनि नदेओ, अभिवादन पनि नगर
11
किनभने त्यसलाई अभिवादन गर्नु नै त्यसको दुष्ट काममा साथ दिनु हो।
12
मलाई धेरै कुरा भन्न मन लागे पनि यो कुरा लेखेर होइन तर भेटेरै म भन्नेछु। त्यस बेला हामी कति खुसी हुनेछौं।
13
परमेश्वरबाट चुनिएका तिम्रै बहिनीका छोरा-छोरीहरूले पनि तिमीलाई अभिवादन पठाएका छन्।
Jump to:
Chapter 1
All chapters:
1