bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Jude 1
Jude 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
1
म याकूबको भाइ अनि येशू ख्रीष्टको सेवक यहूदा हुँ। परमेश्वरले छानेर प्रेम गर्नुभएका र येशू ख्रीष्टले रक्षा गर्नुभएकाहरूलाई यो पत्र लेख्दै छु।
2
तिमीहरूलाई प्रसस्तसँग प्रेम, दया, माया र शान्ति मिलोस्।
3
प्रियहरू, तिमीहरूलाई हामी सबैले पाएको मुक्तिको बारेमा लेख्न मलाई ठूलो इच्छा भयो र साथै सधैँ पुग्ने गरी आफ्ना भक्तहरूलाई परमेश्वरले एकै चोटि दिनुभएको विश्वासको लागि लड्ने हौसला तिमीहरूलाई दिनैपर्छ जस्तो लाग्यो।
4
कोही-कोही पहिले नै दोषी ठहरिएका मानिसहरू तिमीहरूका बीचमा सुटुक्क पसेका छन्। तिनीहरूले परमेश्वरलाई नै मान्दैनन्। परमेश्वरले दिनुभएको अनुग्रहलाई नराम्रो काम गर्ने हतियार बनाएका छन् अनि येशू ख्रीष्टलाई एक मात्र प्रभु र मालिक हुनुहुन्छ भनेर पनि मान्दैनन्।
5
तिमीहरूलाई थाहै भए पनि केही कुरा सम्झना गराउन चाहन्छु। प्रभुले आफ्ना मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो। तर पछि विश्वास नगर्ने जतिलाई स्वाहा पार्नुभयो।
6
आफ्नो अधिकारदेखि बाहिर रही आफ्नो वासस्थान पनि छोडेर हिँड्ने स्वर्गदूतहरूलाई समेत उहाँले न्यायको दिनमा सजाय दिन कहिल्यै नफुत्किने गरी बाँध्नुभएको छ र अन्धकारमा थुन्नुभएको छ।
7
त्यसै गरी सदोम र गमोरा अनि वरिपरिका सहरका मानिसहरूले एकपछि अर्को गर्दै घिनलाग्दा व्यभिचारका काम गर्न लागे। आगोमा नाश पारिएर तिनीहरू कहिल्यै ननिभ्ने आगोको दण्ड पाउनेहरूका नमुना भए।
8
तिनीहरूले दर्शन देख्छन्, जसले गर्दा तिनीहरूले आफ्नो शरीरलाई बिटुल्याउँछन्, प्रभुको अधिकारलाई टेर्दैनन्, स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्।
9
तर मुख्य स्वर्गदूत मिखाएलले पनि मोशाको लाशको बारेमा शैतानसँग तर्क गर्दा त्यसलाई निन्दा गरेर दोष लगाएनन्। खालि ‘प्रभुले तँलाई झपार्नुहुन्छ’ भने।
10
तर यी मानिसहरू त आफूले बुझ्दै नबुझेको कुरालाई निन्दा गरेर दोष लगाउँछन् अनि उनीहरूको बुझ्ने शक्तिचाहिँ निर्बुद्धि पशुहरूको झैँ र तिनीहरू त्यसैले नाश हुनेछन्।
11
तिनीहरूका लागि यो कति डरलाग्दो कुरा हो। तिनीहरू कयिनको बाटोमा लागे। पैसाको लागि बालामले गरेको नराम्रो कामको बाटो पैल्याए अनि कोरहले जस्तै तिनीहरूले विरोध गरे र तिनीहरू त्योजस्तै नाश हुन्छन्।
12
यी मात्तिएका मानिसहरू तिमीहरूको प्रीति-भोजमा कलङ्क हुन्। तिनीहरू अरूको वास्तै नगरी आफ्नै पेट भर्ने हुन्। तिनीहरू बतासले उडाएर लैजाने र पानी नपार्ने हल्का बादलजस्तै छन्। तिनीहरू फल केही नभएका जरैदेखि उखेलिएका नाङ्गा सुकिसकेका रूखजस्तै छन्।
13
तिनीहरू समुद्रका डरलाग्दा छालजस्तै छन् र आफ्ना घिनलाग्दा कुरा समुद्रको फिँजझैँ देखाउँछन्। तिनीहरू घुमन्ते ताराझैँ छन्, जसका लागि सधैँभरि डरलाग्दो अँध्यारो ठाउँ साँचिराखिएको छ।
14
आदमका सातौँ पुस्ता हनोकले पछि हुने यही कुरा उहिले नै भनेका थिए, “हेर, हजारौं-हजारौं पवित्र दूतहरूका साथमा प्रभु आउँदै हुनुहुन्छ।
15
उहाँले यस्ता मानिसहरू सबैलाई न्याय गर्नुहुनेछ अनि तिनीहरूले गरेका नराम्रा किसिमका कामहरूको अनि उहाँका विरुद्धमा बोलेका कुराहरूको दण्ड दिनुहुनेछ।”
16
यी मानिसहरू कहिल्यै सन्तोष नहुने, सधैँ अरूको दोष खोजी निकाल्ने र आफू नै नराम्रो इच्छामा लाग्ने, आफैंलाई ठूलो सम्झिने अनि आफ्नो काम बनाउन अरूलाई चिप्लो घस्ने हुन्छन्।
17
तर प्रियहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले अघि नै भनेका कुराहरूलाई नबिर्स।
18
तिनीहरूले भनेका थिए, आखिरी समयमा ठट्टा गर्नेहरू हुनेछन्। उनीहरू परमेश्वर नमानी आफ्नै इच्छाहरूमा लाग्छन्।
19
तिमीहरूलाई फाटोमा ल्याउने मानिसहरू यी नै हुन्। तिनीहरू संसारकै विचारमा रहन्छन्, तर तिनीहरूमा पवित्र आत्मा हुनुहुन्न।
20
तर प्रियहरू, तिमीहरूचाहिँ पवित्र विश्वासमा बलियो भएर बढ्दै जाओ। पवित्र आत्माको शक्तिमा रहेर प्रार्थना गर।
21
प्रभु येशू ख्रीष्टले अनुग्रह दिनुहुने अनन्त जीवन पर्खंदा परमेश्वरको प्रेममा लागिरहो।
22
शङ्का गर्नेहरूमाथि दया देखाओ।
23
आगोको नरकमा पर्नबाट अरूहरूलाई तानेर बचाओ। अरूहरूलाई दयासाथ प्रेम गर तर पापको दाग लागेको तिनीहरूको लुगालाई समेत घृणा गर।
24
परमेश्वर, जसले तिमीहरूलाई पापमा पर्नदेखि बचाउनुहुन्छ र दागै नभएको निष्कलङ्क अनि आनन्दित पारेर आफ्ना अघि पुर्याउनुहुन्छ,
25
येशू ख्रीष्टमा हामीलाई मुक्ति दिने उही परमेश्वरलाई सबै आदर, सम्मान, शक्ति, अधिकार सुरुदेखि आखिरसम्म सदासर्वदा होस्। आमेन।
Jump to:
Chapter 1
All chapters:
1