bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Obadiah 1
Obadiah 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
1
यो ओबदियाको अगमवाणी हो। परमप्रभु परमेश्वरले एदोम जातिबारे यसो भन्नुभएको छ: परमप्रभुले आफ्नो सन्देशवाहकलाई जाति-जातिहरूका बीचमा पठाउनुभएको छ र हामीले उहाँको यो सन्देश सुनेका छौं, “तयार होओ! हामी एदोमसित लडाइँ गर्न जाऔं!”
2
परमप्रभुले एदोमलाई भन्नुहुन्छ, “म तँलाई कमजोर पार्नेछु, सबैले तँलाई तुच्छ ठान्नेछन्।
3
तेरो घमण्डले तँलाई धोका दिएको छ। चट्टानको किल्लाबीच तेरो राजधानी छ, तेरो घर अग्लो पहाडमाथि छ। यसैले तँ आफ्नो मनमा भन्छस्, ‘कसले मलाई तल खसाल्न सक्ला र?’
4
चिलको गुँडझैँ अग्लोमा तेरो घर भए पनि, ताराहरूकै बीचमा तेरो घर भए पनि म तँलाई त्यहाँबाट तल खसाल्नेछु।
5
“राती चोरहरू आउँदा तिनीहरूले चाहेका कुरा मात्र लगेर जान्छन्, मानिसहरूले अङ्गुर टिप्दा ठाउँ-ठाउँमा त छोडिराख्छन्, तर तेरा शत्रुहरूले चाहिँ तेरो नाम-निशाना नै मेटिदिएका छन्।
6
हे एसावका सन्तान हो! तेरा धन-सम्पत्तिहरू लुटिएको छ।
7
तेरा मित्रहरूले तँलाई धोका दिएका छन्, तिनीहरूले तँलाई तेरो देशबाट धपाएका छन्। तँसित मेल-मिलापमा रहेका मानिसहरूले तँलाई अहिले आफ्नो अधीनमा पारेका छन्। तँसित एकसाथ रोटी खाने साथीहरूले तेरो लागि पासो थापेका छन्, तर तँलाई यसको पत्तै छैन।
8
“मैले एदोमलाई सजाय दिएको दिन त्यहाँका बाठा मानिसहरूलाई नाश पार्नेछु र तिनीहरूका ज्ञानलाई निमिट्यान्नै पार्नेछु।
9
तेमानका लडाकु पुरुषहरू भयभीत हुनेछन् र एदोमका सारा सेनाहरू मारिनेछन्।
10
“तैँले आफ्ना दाजुभाइ याकूबका सन्तानहरूलाई लुटेको र हत्या गरेको हुनाले तँ नष्ट हुनेछस् र सधैँभरि तेरो बदनाम हुनेछ।
11
शत्रुहरूले तिनीहरूका ढोकाहरू भत्काउँदा तँ परै उभिरहिस्। त्यो दिन तँ ती विदेशीहरूजस्तै दुष्ट भइस्, जसले यरूशलेमको धन-सम्पत्ति खोसी लगे र आपसमा बाँडचुँड गरे।
12
यहूदा देशका तेरा दाजुभाइहरूको दुर्दशा देखेर मनमा खुसी मान्दै तैँले हेरि बस्नु पर्ने थिएन। तिनीहरू नाश भएको दिन तँ खुसी हुनुपर्ने थिएन। तिनीहरूको सङ्कष्टको दिनमा तैँले तिनीहरूको हाँसो उडाउनुपर्ने थिएन।
13
मेरा प्रजाको विपत्तिको दिन, तिनीहरूले पीर खपेकोमा मज्जा मान्दै तिनीहरूका धन-सम्पत्ति हात पार्नलाई तिनीहरूको सहरमा तँ पस्नुपर्ने थिएन।
14
भागी जानेहरूलाई पक्रन तैँले दोबाटोमा ढुक्नुपर्ने थिएन। तिनीहरूले कष्ट पाएको दिन तिनीहरूलाई पक्रेर तैँले शत्रुका हातमा दिनुपर्ने थिएन।
15
“म परमप्रभुले सबै जातिहरूको न्याय गर्ने दिन नजिक छ। एदोम, तैँले जे गरिस्, तँलाई त्यही गरिनेछ। तैँले जे दिएको थिइस्, त्यो तँलाई फर्काइनेछ।
16
मेरो प्रजाले मेरो पवित्र डाँडामा दण्डको तीतो कचौराबाट पिएको छ। तर चारैपट्टिका जातिहरूले त्योभन्दा अझ ठूलो दण्डको कचौराबाट पिउनेछन् र पिइसकेपछि तिनीहरू लोप हुनेछन्।
17
“तर सियोनको डाँडामा केही मानिसहरू उम्कनेछन्, त्यो एउटा पवित्रस्थान हुनेछ। याकूबका सन्तानहरूले आफ्नो अधिकारको देश आफ्नो अधीनमा पार्नेछन्।
18
याकूब र योसेफका सन्तानहरू आगोको ज्वालाझैँ बन्नेछन्। अन्न काटेपछि जमिनमा नै छोडिएको डाँठको टुक्रालाई आगोले स्वाहा पारेझैँ, तिनीहरूले एसावको वंशलाई स्वाहा पार्नेछन्। एसावका कुनै सन्तान बाँच्नेछैन, म परमप्रभुले बोलेको छु।
19
“नेगेवका मानिसहरूले एदोममा अधिकार गर्नेछन्। पश्चिमको पहाडको फेदीमा बास गर्ने मानिसहरूले पलिश्त देशमा अधिकार गर्नेछन्। इस्राएलीहरूले एफ्राइम र सामरियाका ठाउँहरू अधिकारमा लिनेछन्। बेन्यामीनका मानिसहरूले गिलाद कब्जा गर्नेछन्।
20
उत्तरी इस्राएलबाट देश निकालावास भएका सेनाहरू फर्की आउनेछन् र उत्तरमा सारपतसम्म कनानका इलाकाहरू जित्नेछन्। यरूशलेमबाट कैदमा लगिएका सार्डिस सहरमा बास गर्ने मानिसहरूले नेगेवका सहरहरू कब्जा गर्नेछन्।
21
विजय पाएका यरूशलेमका मानिसहरूले एदोममाथि आक्रमण गरी शासन गर्नेछन् अनि राज्यचाहिँ परमप्रभुको हुनेछ।”
Jump to:
Chapter 1
All chapters:
1