bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Philemon 1
Philemon 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
1
येशू ख्रीष्टको निम्ति म कैदी पावल र तिमोथी भाइबाट यो पत्र हाम्रा प्यारा सहकर्मी फिलेमोन,
2
हाम्री बहिनी अप्फिया, हाम्रो सह-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने झुण्डलाई हो।
3
परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।
4
फिलेमोन भाइ, मैले प्रार्थना गर्दा तिमीलाई सम्झेर मेरा परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु।
5
तिम्रो प्रेम र विश्वास प्रभु येशूमा र परमेश्वरका भक्तहरूमा भएको सुन्दछु।
6
तिम्रो विश्वासको संगतिले हामी ख्रीष्टमा रहँदा हामीमा हुने सबै असल कुरालाई गहिरोसँग बुझ्ने शक्ति देओस् भनी प्रार्थना गर्छु।
7
प्यारो भाइ, तिम्रो मायाले मलाई ठूलो आनन्द र धेरै उत्साह दिएको छ। तिमीले परमेश्वरका भक्तहरूको हृदय आनन्दित पारेका छौ।
8
यसैकारण ख्रीष्टमा तिम्रो साहसी दाजु भएर तिमीले के गर्नुपर्छ भनी आज्ञा गर्न सक्थें,
9
तर प्रेमको कारणले तिमीलाई बिन्ती गर्दछु। अब म बुढो मानिस र हालमा येशू ख्रीष्टकै लागि कैदी भएको पावल
10
आफ्नो बालकको लागि तिमीसँग बिन्ती गर्छु। म झ्यालखानमा हुँदा ख्रीष्टमा ओनेसिमसको बुबा भएको छु।
11
उनी तिम्रो लागि काम नलाग्ने थिए, तर अहिले तिमी र म दुवैको लागि काम लाग्ने भएका छन्।
12
म उनलाई फेरि तिमीकहाँ पठाउँदै छु। उनी मेरो हृदयका टुक्रा नै हुन्।
13
सुसमाचारको कारण झ्यालखानमा भएको बेला तिम्रो साटो उनलाई नै मेरो हेर-विचार गर्न राख्नेथिएँ।
14
तर तिम्रो मन्जुरीबिना यसो गर्न ठीक लागेन। मलाई दया गर्न तिमीलाई कर नलागोस्, तर तिम्रो खुसीले होस् भन्ने चाहन्छु।
15
सायद सधैँको लागि फेरि तिमीसँग रहून् भनी केही समयको लागि ओनेसिमस छुट्टिएका थिए।
16
अब उनी कमारा होइनन् तर कमाराभन्दा बढी प्यारा विश्वासी भाइ हुन्। उनी मेरा लागि कति प्यारा छन्। शारीरिकरूपमा र प्रभुमा उनी झन् कति धेरै तिम्रो लागि प्यारा होलान्।
17
त्यसो हुँदा मलाई साझेदार सम्झन्छौ भने मलाई झैँ उनलाई स्वागत गर।
18
यदि उनले केही बिराएका छन् भने या केही तिर्नुपर्ने कुरा छ भने मेरो नाउँमा राखिदिनू।
19
म पावल, आफ्नै हातले लेखेर भन्छु, त्यो मै तिर्नेछु। तिमीले आफ्नो जीवन पनि मबाटै लिएको मैले भनिरहनुपर्दैन।
20
यसकारण भाइ, प्रभुमा मेरो लागि पनि यो गरिदेओ। ख्रीष्टमा मेरो हृदय आनन्दले भरिओस्।
21
लेख्दालेख्दै पनि मलाई पूरा विश्वास छ, तिमीले मैले भनेको गरिदिन्छौ र अझ बढी पनि गरिदिन्छौ।
22
यसको साथसाथै अर्को कुरो, तिमीहरूको प्रार्थनाले म पनि तिमीकहाँ आउन पाऊँला भन्ने आशा राखेको छु र मेरो लागि पनि बस्ने ठाउँ मिलाइदेओ।
23
येशू ख्रीष्टको लागि मसँग कैदी भएका इपाफ्रासबाट तिमीहरूलाई अभिवादन छ।
24
मसँगै काम गर्ने मर्कूस अनि अरिस्तार्खस, डेमास र लूकाको पनि अभिवादन छ।
25
प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूका आत्मामा रहोस्।
Jump to:
Chapter 1
All chapters:
1