bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 John 5
1 John 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
1
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ।
2
जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, तब यसैबाट थाहा पाउँछौं, कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौं।
3
परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्।
4
किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो।
5
संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो, जसले येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ।
6
उहाँ उही नै हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो, अर्थात् येशू ख्रीष्ट, जो पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो।
7
गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।
8
किनभने गवाही दिनेहरू तीन छन्, अर्थात् पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्।
9
यदि हामी मानिसको गवाही ग्रहण गर्छौं भने परमेश्वरको गवाही झन् उच्च छ। किनकि यही नै परमेश्वरको गवाही हो, जुन गवाही उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ।
10
जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ, त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झूटा तुल्याएको हुन्छ। किनकि परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन।
11
गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ।
12
जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन हुँदैन।
13
तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु।
14
परमेश्वरमा हाम्रो पूर्ण भरोसा छ कि उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ।
15
हामीले प्रार्थनामा जेसुकै मागे तापनि परमेश्वरले सुन्नुहुन्छ भनी हामी जान्दछौं भने, यो पनि जान्दछौं कि उहाँलाई हामीले जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ।
16
यदि कसैले आफ्नो भाइले पाप गरेको देख्छ, अनि त्यो पापचाहिँ मृत्युमा पुर्याउने होइन भने, उसले त्यस भाइको निम्ति परमेश्वरसँग प्रार्थना गरिदिनुपर्छ, र जसको पाप मृत्युमा पुर्याउने किसिमको छैन, त्यसलाई परमेश्वरले जीवन दिनुहुन्छ। तर यस्तो पाप पनि हुन्छ, जो मृत्युमा पुर्याउने हुन्छ, जसको निम्ति कसैले बिन्ती गरिदिनुपर्छ भनी म भन्दिनँ।
17
सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुँदैन।
18
परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, तर परमेश्वरका पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन।
19
हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।
20
हामी जान्दछौं, कि परमेश्वरका पुत्र आउनुभएको छ, जो सत्य हुनुहुन्छ। उहाँलाई चिन्न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्य हुनुहुन्छ, हामी उहाँमा छौं, अर्थात् उहाँका पुत्र येशू ख्रीष्टमा। उहाँ नै साँचो परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।
21
साना बालकहरू, आफू-आफूलाई मूर्तिहरूबाट जोगाएर राख।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
All chapters:
1
2
3
4
5