bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
1 Timothy 6
1 Timothy 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
1
दासत्वका जुवामुनि हुने सबैले आ-आफ्ना मालिकलाई पूरा सम्मानको योग्य ठानून्, ताकि परमेश्वरको नाउँ र हाम्रो शिक्षाको बदनामी नहोस्।
2
विश्वासी मालिकहरूलाई तिनका कमाराहरूले विश्वासमा दाजुभाइ भन्दैमा अनादर नगरून्। बरु तिनीहरूले उनीहरूको झन् बढ़ी सेवा गरून्, किनभने तिनीहरूका सेवाबाट लाभ पाउनेहरू विश्वासी र प्रियहरू नै हुन्। यी कर्तव्यहरू पालन गर्न सिकाऊ, र आग्रह गर।
3
यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,
4
त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले केही जानेको हुँदैन। त्यसले व्यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्द लिएर झगड़ा गर्न खोजिहिँड्छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन्,
5
र बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।
6
सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो।
7
किनकि हामीले न त यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं।
8
तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं।
9
तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्।
10
किनभने रुपियाँपैसाको मोह नै सबै किसिमका खराबीको जड़ हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
11
तर परमेश्वरका जन तिमीले यी सबै त्याग, र धार्मिकता, भक्ति, विश्वास, प्रेम, स्थिरता र नम्रताको लक्ष्य राख।
12
विश्वासको उत्तम लड़ाइँ लड़। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
13
सबै थोकलाई जीवन दिनुहुने परमेश्वर र पन्तियस पिलातसको अगाडि असल गवाही दिनुहुने ख्रीष्ट येशूको सामने,
14
म तिमीलाई आदेश दिँदछु, कि प्रभु येशू ख्रीष्ट देखा नपरुञ्जेल यस आज्ञालाई कलङ्क र अपवादबाट अलग राख।
15
अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले उचित समयमा ख्रीष्टको आगमनलाई प्रकट गर्नुहुनेछ।
16
उहाँमा नै अमरत्व छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन न देख्न सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन।
17
यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चित सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्।
18
तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्।
19
यसरी आफ्नै लागि भविष्यको असल जग बसाल्न सकून्, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो।
20
तिमोथी, जे तिमीलाई सुम्पिएको छ, त्यो सुरक्षित राख। भक्तिहीन गनथन र खण्डनहरू, जो झूटो ज्ञान हो, तिनलाई परित्याग गर।
21
यी कुराहरूका पछि लागेर कति जना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह रहोस्।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
All chapters:
1
2
3
4
5
6