bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 John 1
2 John 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
1
एल्डरबाट, चुनिएकी महिला र तिनका छोरा-छोरीहरूलाई, जसलाई म साँचो प्रेम गर्दछु, र मैले मात्र होइन, तर सत्यलाई चिन्ने सबैले पनि प्रेम गर्छन्।
2
जुन सत्य हामीभित्र छ र सदा हामीसँग रहनेछ, त्यसैको खातिर तिमीहरूलाई प्रेम गर्दछौं।
3
परमेश्वर पिता र पिताका पुत्र येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति हामीसँग सत्यता र प्रेममा रहनेछ।
4
तिम्रा छोरा-छोरीहरूमध्ये कुनैकुनैलाई पिताबाट हामीले पाएको आज्ञाबमोजिम सत्यमा हिंडेका भेट्टाएर म ज्यादै आनन्दित छु।
5
अब हे महिला, मैले तिमीलाई एउटा नयाँ आज्ञा लेखेको होइनँ, तर त्यही लेखिरहेछु, जो सुरुदेखि नै हामीसँग छ— हामीले एक-अर्कासँग प्रेम गरौं भनी म तिमीलाई बिन्ती गर्दछु।
6
उहाँका आज्ञाबमोजिम हिंड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।
7
किनकि भ्रममा पार्नेहरू धेरै जना संसारमा आएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्तो व्यक्ति नै छली र ख्रीष्ट विरोधी हो।
8
होशियार रहो, जुन कुराको निम्ति तिमीहरू काम गरिरहेका छौ, त्यो गुमाउने होइन तर पूरा इनाम पाउने होओ।
9
ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
10
यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू।
11
किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ।
12
मैले तिमीहरूलाई कुरा लेख्नु त धेरै छ, तर कागत र मसीले ती म लेख्न चाहन्नँ। तर हामीहरूको आनन्द पूर्ण होस् भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।
13
चुनिएकी तिम्री बहिनीका छोरा-छोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
Jump to:
Chapter 1
All chapters:
1