bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Thessalonians 1
2 Thessalonians 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
पावल, सिलास र तिमोथीबाट, परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई:
2
परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
3
भाइ हो, तिमीहरूका निम्ति परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउन हामी बाध्य छौं। यो योग्य पनि छ, किनकि तिमीहरूको विश्वास प्रशस्त गरी वृद्धि भइरहेछ, र एक-अर्काप्रति तिमीहरू हरेकको प्रेम बढ़िरहेछ।
4
यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूका स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्छौं।
5
परमेश्वरको धार्मिक इन्साफको साक्षी यही हो, कि तिमीहरू परमेश्वरका राज्यको योग्य ठहरिन सक, जसको निम्ति तिमीहरू दुःख भोगिरहेछौ।
6
परमेश्वर न्यायी हुनुहुन्छ, उहाँले तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनुहुन्छ,
7
र तिमी कष्ट पाएकाहरूलाई हामीहरूसँगै आराम दिनुहुन्छ। यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।
8
परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ।
9
तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्,
10
जब त्यस दिन उहाँका सन्तहरूमा महिमा पाउन र विश्वास गर्नेहरू सबैलाई आश्चर्यचकित पार्न उहाँ आउनुहुनेछ, किनभने तिमीहरूलाई दिएको हाम्रो साक्षीमा तिमीहरूले विश्वास गर्यौ।
11
यस हेतुले हामी तिमीहरू सबैका निम्ति निरन्तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्वरले तिमीहरूलाई आफ्नो बोलावटको योग्य बनाऊन्, र हरेक असल उद्देश्य र विश्वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्,
12
ताकि हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3