bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
2 Timothy 4
2 Timothy 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
परमेश्वरको सामने र जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रीष्ट येशूको सामने, अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु,
2
वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।
3
किनकि यस्तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,
4
र सत्य कुरा सुन्नदेखि तर्किजानेछन्, दन्त्यकथाहरूतिर बरालिनेछन्।
5
तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।
6
किनभने, म त बलिको रूपमा अर्पण हुन लागेको छु, र मेरो बिदाइको बेला आएको छ।
7
मैले उत्तम लड़ाइँ लड़ेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु।
8
अब उप्रान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन, तर उहाँको पुनरागमन प्रिय मान्नेहरू सबैलाई दिनुहुनेछ।
9
मकहाँ चाँड़ै आउनलाई भरमग्दूर कोसिस गर।
10
किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।
11
लूका मात्र मसँग छन्। मर्कूसलाई खोजेर तिमी साथै ल्याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्।
12
तर तुखिकसलाई मैले एफिससमा पठाएको छु।
13
त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्टो र पुस्तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ।
14
तमौटे अलेक्जेन्डरले मलाई ज्यादै खराबी गर्यो। प्रभुले त्यसलाई त्यसका कामअनुसार बदला दिनुहुनेछ।
15
त्यसदेखि तिमी पनि होशियार बस, किनकि त्यसले हाम्रो प्रचारको घोर विरोध गर्यो।
16
मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्!
17
तर सबै अन्यजातिहरूले सुन्न सकून् भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र सम्पूर्ण रूपले वचनको घोषणा गर्न मलाई शक्ति दिनुभयो। अनि मैले सिंहको मुखबाट छुटकारा पाएँ।
18
प्रभुले मलाई सबै खराबीबाट जोगाउनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको निम्ति मलाई उद्धार गर्नुहुनेछ। उहाँलाई सदासर्वदा महिमा होस्। आमेन।
19
प्रिस्किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ।
20
इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें।
21
हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि।
22
प्रभु तिम्रो आत्मासँग रहून्। तिमीसित अनुग्रह रहोस्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4