bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
3 John 1
3 John 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
1
एल्डरबाट, मेरा प्रिय मित्र गायसलाई, जसलाई म साँचो प्रेम गर्दछु।
2
प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठीक रहोस्। तिम्रो आत्मिक जीवन ठीक छ भन्ने म जान्दछु।
3
कति जना भाइहरू आएर तिम्रो जीवनका सत्यताको गवाही दिँदा म साह्रै आनन्दित भएँ। तिमी साँच्ची नै सत्यताको अनुसरण गर्दछौ।
4
मेरा छोरा-छोरीहरू सत्यको अनुसरण गर्छन् भन्ने कुरा सुन्न पाउनुभन्दा अरू बढ़ी आनन्दको कुरा मेरो लागि के हुन सक्छ र?
5
प्रिय हो, तिमीले विश्वासयोग्य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।
6
तिनीहरूले मण्डलीको सामुन्ने तिम्रो प्रेमको गवाही दिएका छन्। परमेश्वरको दृष्टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।
7
किनभने अविश्वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्केका हुन्।
8
यसकारण यस्ता मानिसहरूलाई सेवा-सत्कार गर्नुपर्छ, ताकि हामीहरू सत्यतामा सहकर्मी बन्न सकौं।
9
मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले मेरो अधिकार स्वीकार गर्दैन।
10
यसकारण जब म आउँछु, त्यसले गरिरहेका कामहरूको कुरा उठाउनेछु। हाम्रा विरुद्धमा त्यसले खराब कुराहरू बकिहिँड्छ। त्यतिमा सन्तुष्ट नभएर त्यसले भाइहरूलाई स्वागत गर्न इन्कार गर्छ, र तिनीहरूलाई स्वागत गर्न चाहनेहरूलाई पनि रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।
11
प्रिय हो, खराबीको अनुसरण नगर, तर भलाइको अनुसरण गर। जसले भलो गर्दछ, त्यो परमेश्वरको हो, जसले खराबी गर्दछ, त्यसले परमेश्वरलाई देखेको छैन।
12
डेमेत्रियसको निम्ति त सबै मानिसले गवाही दिएका छन्, र सत्यले पनि सो गवाही दिन्छ। हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ कि हाम्रो गवाही सत्य छ।
13
मैले धेरै कुराहरू लेख्नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्न म चाहन्नँ।
14
तर तिमीलाई चाँड़ै भेट्ने आशा गर्दछु, र हामी आमनेसामने भेटेर कुरा गरौंला।
15
तिमीलाई शान्ति मिलोस्। सबै मित्रहरूबाट तिमीलाई अभिवादन। मित्रहरूलाई नाउँ लिएर अभिवादन देऊ।
Jump to:
Chapter 1
All chapters:
1