bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Ephesians 6
Ephesians 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
1
छोरा-छोरी हो, प्रभुमा आफ्ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।
2
आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
3
कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू दीर्घायु होओ।
4
बुबा हो, आफ्ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
5
कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।
6
मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्टका दासहरूझैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर।
7
मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर,
8
यो जानेर कि चाहे त्यो कमारा होस्, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।
9
मालिक हो, आफ्ना कमाराहरूसँग त्यस्तै व्यवहार गर, र धम्की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा पक्षपात छैन।
10
अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ।
11
दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर।
12
किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
13
यसैकारण परमेश्वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्ने होओ।
14
यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,
15
र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
16
साथै विश्वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्टका सबै अग्निबाण निभाउन सक्नेछौ।
17
मुक्तिको टोप लगाओ, र पवित्र आत्माको तरवार लेओ, जोचाहिँ परमेश्वरको वचन हो।
18
सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
19
मेरो निम्ति पनि प्रार्थना गर, कि जब म आफ्नो मुख खोल्छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्य घोषणा गर्न सकूँ,
20
जसको निम्ति म साङ्लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्नुपर्ने हो, त्यसरी म साहससँग बोल्न सकूँ।
21
म कस्तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस् भनेर प्रिय भाइ र प्रभुमा विश्वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्।
22
हाम्रो हालचाल कस्तो छ तिमीहरूलाई थाहा होस् र तिमीहरूका हृदयलाई प्रोत्साहन मिलोस् भन्ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।
23
परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट दाजुभाइहरूलाई शान्ति र विश्वाससहितको प्रेम!
24
हाम्रा प्रभु येशू ख्रीष्टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
All chapters:
1
2
3
4
5
6