bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Joel 1
Joel 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
पतुएलका छोरा योएलकहाँ आएको परमप्रभुको वचन।
2
हे अग्रजहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्दा हो, ध्यानसित सुन। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता-पुर्खाका दिनमा यस्तो कहिल्यै भएको थियो?
3
तिमीहरूका छोराछोरीहरूलाई यो कुरा बताओ, र तिमीहरूका छोराछोरीहरूले उनीहरूका छोराछोरीहरूलाई बताऊन्, र उनीहरूका छोराछोरीहरूले आगामी पुस्तालाई बताऊन्।
4
जे कुरो सलहहरूको बथानले छोड़े, ती ठूला-ठूला सलहले खाए। जे ठूला-ठूला सलहले छोड़ेका थिए, ती जवान सलहले खाइहाले। जे जवान सलहले छोड़ेका थिए, ती अरू सलहहरूले खाइहाले।
5
हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्ति विलाप गर, किनकि त्यो तिमीहरूका ओठैबाट खोसिएको छ।
6
अनगन्ती संख्या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्यसका दाँतहरू सिंहका दाँतहरूजस्तै छन्, र त्यसका दाह्रा सिंहनीका जस्तै छन्।
7
त्यसले मेरा दाखका बोटहरू उजाड़ पारिदिएको छ, र मेरा नेभाराका बोटहरू सखापै पारिदिएको छ। त्यसले तिनका बोक्राहरू लाछेर नाङ्गो पारेर फालिदिएको छ। तिनका हाँगाहरू सेतै बनाइएको छ।
8
आफ्नो तरुणी अवस्थाको पतिको निम्ति भाङ्ग्रा लगाएर विलाप गर्ने कन्ये-केटीले झैँ विलाप गर।
9
परमप्रभुको भवनमा अन्नबलि र अर्घ-बलि चढ़ाउन बन्द भएका छन्। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू विलाप गर्दछन्।
10
खेतहरू उजाड़ पारिएका छन्। जमिन सुक्खा भएको छ, अन्न नष्ट भएको छ, नयाँ दाखमद्य सुकिहाल्यो, तेल पनि सुकिहाल्यो।
11
हे किसान हो, निराश होओ। हे दाखबारी लाउनेहरू हो, विलाप गर। गहूँ र जौका निम्ति अफसोस गर, किनभने खेतको फसल नष्ट भएको छ।
12
दाखको बोट ओइलायो, नेभाराको बोट सुक्यो। अनार, खजूर र स्याउको बोट, अर्थात् खेतका सबै रूखहरू ओइलाएका छन्। निश्चय नै मानिस-जातिका सन्तानको आनन्द सुकिगएको छ।
13
हे पूजाहारी हो, भाङ्ग्रा लाएर शोक गर। हे वेदीका सेवक हो, विलाप गर। हे मेरा परमेश्वरका सेवक हो, भाङ्ग्रा लाएर रात बिताओ, किनकि तिमीहरूका परमेश्वरको भवनमा अन्नबलि र अर्घ-बलि रोकिएका छन्।
14
पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा देशका सारा बासिन्दाहरू र धर्म-गुरुहरू भेला गराएर परमप्रभुको पुकारा गर।
15
हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ। त्यो त सर्वशक्तिमान्को तर्फबाट सर्वनाशजस्तै आउनेछ।
16
खानेकुरा के हाम्रा आँखाकै सामु नष्ट भएन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र?
17
बीउहरू माटोका डल्लामुनि चाउरिए, ढुकुटीहरू उजाड़ पारिए, अन्नका भण्डारहरू नष्ट भए, किनकि अन्न सुकिगएको छ।
18
पशुहरूको बगाल कसरी विलाप गर्छन्। गाई-गोरुका बथानहरू विचलित भएका छन्, किनकि तिनीहरूका निम्ति खर्क छैन। भेड़ाका बगाल पनि कष्टमा परेका छन्।
19
हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु, किनकि खुला खर्कहरू आगोले भस्म पारेको छ, र आगोका ज्वालाले वनका रूखहरूलाई जलाइदिएको छ।
20
वनका पशुहरूले पनि तपाईंमा दुहाई दिन्छन्, किनभने पानीका खोलाहरू सुकिगए, र आगोले वनका खर्कलाई भस्म पारेको छ।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3