bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Jude 1
Jude 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
1
येशू ख्रीष्टको दास, याकूबको भाइ यहूदाबाट— बोलाइएकाहरू, अर्थात् परमेश्वर पितामा प्रियहरू र येशूको निम्ति ख्रीष्टमा सुरक्षित राखिएकाहरूलाई:
2
कृपा, शान्ति र प्रेम तिमीहरूमा प्रशस्त हुँदैजाओस्।
3
प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु, त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठाने।
4
किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्वामी र प्रभु, येशू ख्रीष्टलाई इन्कार गर्छन्।
5
तिमीहरूले यी सब कुरा एक पल्ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्छु, कि मिश्रदेशबाट बचाएर ल्याइएका मानिसहरूमध्ये विश्वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्ट पार्नुभयो।
6
आफ्नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्थान त्याग्ने स्वर्गदूतहरूलाई उहाँले पातालको अन्धकारमा न्यायको त्यस ठूलो दिनसम्म अनन्त बन्धनमा राख्नुभएको छ,
7
जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्यभिचार गरेर अस्वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्त अग्निको दण्ड भोगेर उदाहरण बनेका छन्।
8
त्यसै गरी सपना देख्ने यी मानिसहरूले आफ्ना शरीरलाई अशुद्ध तुल्याउँछन्, अधिकार इन्कार गर्छन् र स्वर्गीय प्राणीहरूको निन्दा गर्छन्।
9
तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्काऊन्” भनेथे।
10
तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन्, र निर्बुद्धि पशुहरूले झैँ प्राकृतिक ज्ञानले जान्ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्छ।
11
तिनीहरूलाई धिक्कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्छन्, लाभको खातिर बालामको भूलमा फस्दछन् र कोरहको विद्रोहमा जस्तै नष्ट हुन्छन्।
12
तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन्। किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन्। तिनीहरू बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्ता, जो दुई पल्ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्छन्।
13
तिनीहरू समुद्रका उर्लदा छालहरूजस्तै हुन्, जसले तिनीहरूका आफ्नै निर्लज्जताको फीँज उकेल्छन्। यी बत्तिएका दिशाहीन ताराहरूजस्ता छन्, जसका निम्ति पातालको अन्धकार अनन्तको लागि राखिएको छ।
14
आदमदेखि सातौँ पुस्ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो,
15
सबैको इन्साफ गर्न, सबै मानिसहरूलाई दण्ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्।”
16
फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छाअनुसार हिँड्नेहरू, घमण्डी कुरा बोल्नेहरू र लाभको निम्ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्।
17
तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्झ।
18
तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्।”
19
फूट ल्याउनेहरू, सांसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्।
20
तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्मामा प्रार्थना गर।
21
आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर।
22
दोधारमा हुनेहरूलाई दया देखाओ,
23
अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्वभावद्वारा अपवित्र भएका वस्त्रसमेत घृणा गर।
24
अब, जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ,
25
उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्। आमेन।
Jump to:
Chapter 1
All chapters:
1