bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Lamentations 4
Lamentations 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
सुनले आफ्नो चमक पूरा हरायो! निखुर सुन फिक्का भयो। पवित्र मणिहरू प्रत्येक मूल बाटोको शिरमा छरिएका छन्।
2
कञ्चन सुनजस्तै सियोनका बहुमूल्य छोराहरू अहिले पूरै कुनै कुमालेका हातले बनाएका माटोका भाँड़ाहरूजस्तै गनिएका छन्!
3
स्यालका माउहरूले पनि आफ्ना थुन निकालेर आफ्ना बच्चाहरूलाई चुस्न दिन्छन्, तर मेरा प्रजा त मरुभूमिका शुतुरमुर्गहरूजस्तै भएका छन्।
4
दूध खाने बालकको जिब्रो तिर्खाले तालुमा टाँसिन्छ। केटाकेटीहरू खानेकुरा माग्छन्, तर कसैले तिनीहरूलाई केही दिँदैनन्।
5
मीठा-मीठा खानेहरू अब गल्ली-गल्लीमा कङ्गाल भएका छन्, बैजनी वस्त्र लाएर बढ़ेकाहरू घुरानमा बसिरहन्छन्।
6
मेरा प्रजाको दण्ड सदोमको भन्दा ठूलो छ, जो कसैको सहायताको हातविना क्षणभरमै फ्याँकियो।
7
त्यसका युवराजहरू हिउँभन्दा सफा र दूधभन्दा सेता थिए, तिनीहरूका शरीर मानिकभन्दा राता थिए, तिनीहरूको रूप नीरहरूजस्ता थिए।
8
अब तिनीहरूको रूप मोसोभन्दा कालो भयो, तिनीहरू गल्लीहरूमा पनि चिनिएका छैनन्। तिनीहरूको छाला हड्डीमा टाँसिएको छ। काठझैँ त्यो सुक्खा भएको छ।
9
भोकले मर्नेहरूभन्दा तरवारले मर्नेहरू सौभाग्यशाली हुन्छन्। जमिनका फलको अभावले तिनीहरू भोकाएर सुक्दैजान्छन्।
10
कोमल हृदयका स्त्रीहरूले आफ्नै हातले आफ्ना बालकहरूलाई पकाए। मेरा प्रजाको सर्वनाशमा तिनीहरूका नानीहरू नै आफ्नो आहार भए।
11
परमप्रभुले आफ्नो क्रोध पूरै देखाउनुभयो, उहाँले आफ्नो ज्वलन्त रीस पोखाउनुभयो। उहाँले सियोनमा आगो सल्काउनुभयो। त्यसले गर्दा त्यसका जगहरू भस्म पारिए।
12
कुनै शत्रु यरूशलेमका मूल ढोकाहरूबाट पस्छन् भनी पृथ्वीका कुनै राजा वा संसारको कुनै मानिसले पनि चिताएका थिएनन्।
13
योचाहिँ त्यसका अगमवक्ताहरूका पाप र त्यसका पूजाहारीहरूका अधर्मले भएको हो। तिनीहरूले सहरकै बीचमा धर्मीहरूको रगत बगाए।
14
अहिले तिनीहरू गल्ली-गल्लीमा अन्धाहरूझैँ छामछुम गर्दै डुलिरहन्छन्। तिनीहरू रगतले बिटुला भएका छन्, यतिसम्म कि तिनीहरूका लुगा कसैले छुनलाई साहस गर्दैनन्।
15
मानिसहरू कराएर तिनीहरूलाई भन्छन्, “जाओ, हे अशुद्धहरू! दूर होओ, हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ता भए, जाति-जातिका मानिसहरूले भने, “अब तिनीहरू हामीसित यहाँ बस्न सक्नेछैनन्।”
16
परमप्रभु आफैले नै तिनीहरूलाई तितरबितर पार्नुभएको छ, उहाँले अब फेरि कहिल्यै तिनीहरूको वास्ता गर्नुहुनेछैन। पूजाहारीहरूलाई आदर देखाइएको छैन, अनि न धर्म-गुरुहरूमाथि केही निगाह गरिएको छ।
17
सहायताको लागि व्यर्थै बाटो हेर्दा आँखा टट्टाए। आफ्नो गढ़बाट हामीले एउटा जातिको बाटो हेरिबस्यौं, जसले हामीलाई बचाउन सकेन।
18
मानिसहरू हाम्रो हरेक पाइलाको पछि लागे, र हामी हाम्रा बाटामा हिँड्न सकेनौं। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरू खतम भइसकेका थिए, किनभने हाम्रो अन्त्य आइसकेको थियो।
19
हामीलाई खेद्नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए। तिनीहरूले पहाड़हरूमा हामीलाई खेदे, उजाड़-स्थानमा तिनीहरूले हामीलाई ढुकिबसे। परमप्रभुका अभिषिक्त, हाम्रा प्राणाधार, तिनीहरूका पासोमा परे।
20
उहाँकै रक्षामा अन्यजातिहरूका बीचमा सुरक्षित रहनेछौं भनी हामीले ठानेका थियौं।
21
हे ऊजमा बस्ने एदोमकी छोरी, रमा, तर त्यो कचौरा तँलाई पनि दिइनेछ। तँ मात्तिनेछस्, र नाङ्गो पारिनेछस्।
22
हे सियोनकी छोरी, तेरो अधर्मको दण्ड समाप्त हुनेछ। उहाँले तेरो निकालावासको समय लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, तेरो अधर्मको दण्ड उहाँले तँलाई दिनुहुनेछ, उहाँले तेरा पापहरू प्रकट गर्नुहुनेछ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5