bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Philippians 4
Philippians 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
1
यसकारण मेरा भाइहरू, म तिमीहरूलाई माया गर्दछु, र तिमीहरूको चाहना गर्दछु, तिमीहरू मेरा आनन्द र मुकुट हौ। मेरा प्रियहरू, यसरी नै प्रभुमा स्थिर रहो।
2
म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनका होओ भनेर आग्रहपूर्वक बिन्ती गर्दछु।
3
विश्वासी सहकर्मी, म तिमीलाई पनि अनुरोध गर्दछु, कि यी स्त्रीहरूलाई मदत गर, किनकि यिनीहरूले मेरो साथसाथै सुसमाचारको काममा क्लेमेससँग र मेरा अरू बाँकी सहकर्मीहरूसँग परिश्रम गरेका छन्, जसका नाउँ जीवनको पुस्तकमा छन्।
4
प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।
5
तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।
6
कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
7
र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
8
अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
9
तिमीहरूले जुन कुरा मबाट सिक्यौ, र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ, त्यही गर, र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
10
म प्रभुमा साह्रै आनन्दित छु, कि अब धेरै दिनपछि मप्रति तिमीहरूको वास्ता फेरि पलाएको छ। तिमीहरू साँच्चै मेरो निम्ति चिन्तित थियौ, तर तिमीहरूलाई मौका मिलेन।
11
खाँचो पर्यो भनेर मैले गुनासो पोखाएको होइन, किनभने जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहन मैले सिकेको छु।
12
कसरी होचिन र कसरी बढ्न म जान्दछु। परिपूर्णतामा होस् वा भोकप्यासमा होस्, प्रशस्ततामा होस् वा अभावमा होस्, सबै परिस्थितिमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु।
13
जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
14
तापनि मेरो कष्टमा तिमीहरू सहभागी भयौ, सो असल गर्यौ।
15
तिमी फिलिप्पीहरू आफै पनि जान्दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्डलीको सहभागिता मसँग भएको थिएन,
16
किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्दा बढ़ी नै मेरो निम्ति सहायता पठायौ।
17
मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्तो फलको आशा राख्छु, जो तिमीहरूकै हिसाबमा जम्मा हुँदैजाओस्।
18
मैले पाउनुपर्नेभन्दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्ना भएको, र परमेश्वरलाई मनपर्दो र ग्रहणयोग्य बलिदान पाएर म तृप्त भएको छु।
19
मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
20
अब हामीहरूका परमेश्वर र पितालाई सदासर्वदा महिमा होस्। आमेन।
21
ख्रीष्ट येशूमा हरेक सन्तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
22
सबै सन्तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
23
प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस्।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
All chapters:
1
2
3
4