bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Titus 3
Titus 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।
2
तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन् र सबै मानिससँग भद्रताको व्यवहार गरून्।
3
किनभने हामी पनि एक पल्ट मूर्ख, अटेरी, बरालिएका, किसिम-किसिमका कामवासना र सुख-विलासमा फसेका, द्वेष र डाहमा दिन बिताउने, मानिसबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्ने थियौं।
4
तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो,
5
तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो,
6
जो उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो,
7
ताकि उहाँको अनुग्रहले धर्मी ठहरिएर हामी अनन्त जीवनको आशा राख्ने उत्तराधिकारी बन्न सकौं।
8
यो भनाइ पक्का छ। म चाहन्छु कि तिमीले यी कुराहरूमा जोड देऊ, ताकि तिनीहरू जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होशियार रहून्, किनकि यी कुरा मानिसहरूका लागि उत्तम र लाभदायक छन्।
9
तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्यवस्थासम्बन्धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्यर्थका हुन्छन्।
10
फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्ट चेताउनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख,
11
यो जानेर कि यस्तो मानिस भ्रष्ट र पापी हो। त्यो आफै दोषी ठहरिएको छ।
12
जब अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी निकोपोलिसमा मकहाँ आउनलाई भरमग्दूर चेष्टा गर। किनकि त्यहीँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु।
13
वकील जेनास र अपोल्लोसलाई यात्रामा भरमग्दूर मदत गरिदेऊ, र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्।
14
हाम्रा मानिसहरू असल काममा कायम रहन सिकून्, ताकि जरूरी खाँचो परिआएको खण्डमा तिनीहरूले मदत दिन सकून्, र तिनीहरू निष्फल नहोऊन्।
15
मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्। विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन देऊ। तिमीहरू सबै जनासँग अनुग्रह रहोस्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3