bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Peter 4
1 Peter 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
1
यसकारण ख्रीष्टले आफ्नो शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ;
2
अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ।
3
किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ।
4
तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्।
5
तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।
6
किनभने शरीरमा चाहिँ अन्य मानिसहरूजस्तै तिनीहरूको न्याय गरियोस्, तर आत्मामा भने परमेश्वरका अनुसार तिनीहरू आत्मामा जिऊन् भनेर नै अहिले मरिसकेका समेतलाई सुसमाचार प्रचार गरिएको हो।
7
सबै कुराको अन्त्य नजिकै छ। यसकारण सतर्क र संयमी भएर तिमीहरू प्रार्थना गर्न सक्ने होओ।
8
सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ।
9
एक-अर्कालाई गनगनविना सत्कार गर।
10
हरेकले जस्तो आत्मिक वरदान पाएको छ, परमेश्वरका अनुग्रहको विभिन्न वरदान पाएका असल सेवकझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।
11
यदि कसैले बोल्छ भने परमेश्वरकै शब्दमा बोलोस्; यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुहुने बलद्वारा सेवा गरोस्। यसरी सबै कुरामा येशू ख्रीष्टद्वारा परमेश्वरको प्रशंसा होस्। उहाँलाई सदासर्वदा महिमा र शक्ति होस्! आमेन।
12
हे प्रिय मित्रहरू हो, तिमीहरूले अग्निपरीक्षा भोग्नुपर्दा तिमीहरूलाई कुनै अनौठो कुरा आइपरेझैँ अचम्म नमान;
13
तर तिमीहरू ख्रीष्टको दुःखमा सहभागी हुन पाएकोमा आनन्द गर। यसरी उहाँको महिमा प्रकट हुँदा तिमीहरूको आनन्द प्रशस्त होस्।
14
ख्रीष्टको नामको कारण अपमानित भएका छौ भने तिमीहरू धन्यका हौ; किनकि परमेश्वरको महिमाको आत्मा तिमीहरूमा बस्नुहुन्छ।
15
तिमीहरूले कष्ट भोग्छौ भने ज्यानमारा, चोर वा अरू कुनै किसिमको अपराधी वा हस्तक्षेप गर्नेले झैँ नहोस्।
16
तापनि तिमीहरूले ख्रीष्टियान भएको कारण कष्ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाम पाएकोमा परमेश्वरको प्रशंसा गर।
17
किनकि परमेश्वरकै परिवारबाट न्याय सुरु हुने बेला आएको छ, र यदि यो हामीबाटै सुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार नमान्नेहरूको नतिजा कस्तो होला?
18
पवित्र धर्मशास्त्रमा लेखिएको छ: “धर्मीहरूलाई बाँच्न कठिन छ भने, अधर्मी र पापीहरूको गति के होला?”
19
यसर्थ परमेश्वरको इच्छाअनुसार कष्ट भोग्नेहरूले आफूलाई तिनीहरूका विश्वासयोग्य सृष्टिकर्ताकहाँ समर्पण गर्नुपर्छ, र असल गर्नमा जारी राखिरहनुपर्छ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 5 →
All chapters:
1
2
3
4
5