bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
1 Timothy 4
1 Timothy 4
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
1
पवित्र आत्माले प्रष्ट गरी भन्नुहुन्छ: पछि आउने दिनहरूमा केही मानिसहरूले विश्वासलाई त्याग्नेछन्, बहकाउने आत्माहरू र भूतप्रेतहरूका शिक्षाको पछि लाग्नेछन्।
2
यस्ता शिक्षाहरू छलकपट गर्ने झूटा व्यक्तिहरूद्वारा आउनेछन्, जसको विवेक तातो फलामले डामेझैँ हुन्छ।
3
तिनीहरूले मानिसहरूलाई विवाह गर्न मनाही गर्छन् र केही भोजनहरूबाट अलग रहनू भन्ने आदेश दिन्छन्। जुन भोजन विश्वास गर्नेहरू र सत्यता जान्नेहरूले धन्यवादसाथ ग्रहण गरून् भनी परमेश्वरले सृष्टि गर्नुभयो।
4
किनकि परमेश्वरले सृष्टि गर्नुभएको सबै थोक असल छन्, र धन्यवादसाथ स्वीकार गरियो भने कुनै थोक पनि अस्वीकार गर्नुपर्दैन।
5
किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा शुद्ध पारिएको हुन्छ।
6
यदि तिमीले यी कुराहरू दाजुभाइ-दिदीबहिनीहरूलाई देखाइदियौ भने तिमी विश्वासको सत्यतामा हुर्काइएको र उचित शिक्षा पछ्याउने ख्रीष्ट येशूका असल सेवक हुनेछौ।
7
भक्तिहीन र काल्पनिक दन्त्यकथाहरूदेखि अलग बस। बरु आफूलाई भक्तिको मानिस हुने तालिम देऊ।
8
किनकि शारीरिक तालिम केही मूल्यको मात्र हुन्छ, तर ईश्वरभक्ति त हरकिसिमले लाभदायक हुन्छ। यो वर्तमान जीवन र आउने जीवन दुवैका निम्ति उपयोगी हुन्छ।
9
यो भनाइ विश्वासयोग्य छ, जसलाई पूर्ण रूपले स्वीकार गर्न सकिन्छ।
10
हामीले परिश्रम र सङ्घर्ष गर्नुको कारण यो हो, हाम्रो आफ्नो आशा जीवित परमेश्वरमाथि राखेका छौँ; जो सबै मानिसहरू, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
11
यिनै कुराहरूलाई आज्ञा दिँदै शिक्षा देऊ।
12
तिमी जवान भएको कारणले कसैले पनि तिमीलाई तुच्छ दृष्टिले नहेरोस्, तर वचनमा, जीवनमा, प्रेममा, विश्वासमा र शुद्धतामा विश्वासीहरूको लागि उदाहरण बन।
13
म नआएसम्म सबैको सामु पवित्र धर्मशास्त्र पढ्ने काममा, प्रचारमा र शिक्षामा आफूलाई सुम्पिदेऊ।
14
मण्डलीका प्रधानहरूले तिमीमाथि हात राख्दा, अगमवाणीद्वारा तिमीलाई प्राप्त भएको वरदानको अवहेलना नगर।
15
यी विषयहरूमा परिश्रमी बनेर आफूलाई सम्पूर्ण रूपले दिइहाल, र सबैले तिम्रो प्रगति देखून्।
16
आफ्नो जीवन र शिक्षाको बारेमा राम्ररी ध्यान देऊ। यी कुराहरूमा खुरन्धार लागिरह; किनकि यसो गर्नाले तिमीले आफैँलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 5 →
All chapters:
1
2
3
4
5
6