bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Corinthians 5
2 Corinthians 5
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
1
अब हामी जान्दछौँ, कि हामी बस्ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्वरबाट बनाइएको हो।
2
अहिले हामी वर्तमान शरीरमा, स्वर्गीय वासस्थान धारण गरौँ भनेर सुस्केरा हाल्छौँ;
3
किनकि त्यसलाई धारण गर्यौँ भने हामी नाङ्गो देखिनेछैनौँ।
4
अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौँ; किनकि हामी नाङ्गा होऔँ भनेर होइन, तर अझ स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौँ, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।
5
अब परमेश्वरले नै हामीलाई यस विशेष उद्देश्यको लागि तयार पार्नुभएको छ; उहाँले हामीलाई बैना स्वरूप परमेश्वरको आत्मा दिनुभएको छ।
6
यसकारण हामी ढुक्क छौँ। हामी जान्दछौँ, जबसम्म हामी शरीरमा रहन्छौँ, तबसम्म हामी प्रभुदेखि टाढा हुन्छौँ।
7
हामी देखिने कुराहरूमा भरोसा राखेर होइन, तर नदेखिएका कुराहरूमा विश्वास राखेर जिउँछौँ।
8
हामी ढुक्क छौँ, र यस शरीरबाट टाढा रहेर बरु प्रभुसित नै रहन चाहन्छौँ।
9
यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्न पार्ने लक्ष्य राखेका छौँ।
10
किनकि हामी यस शरीरमा हुँदा असल वा खराब, जेजस्तो गरेका छौँ, त्यसअनुसारको प्रतिफल पाउनलाई हामी सबै ख्रीष्टको न्याय आसनको सामु उपस्थित हुनुपर्नेछ।
11
तब परमेश्वरको भय के हो भनी हामीले जानेका हुनाले, हामी अरूहरूलाई सम्झाउँछौँ। हामी जे छौँ, त्यो परमेश्वरलाई थाहा छ, र म आशा गर्छु, तिमीहरूको विवेकमा पनि प्रकट भएकै होला।
12
हामीले फेरि तिमीहरूको सामु आफ्नै तारिफ गर्ने चेष्टा गरिरहेका छैनौँ, तर जो जसले हृदयमा भएका कुराहरूमा होइन, तर देखिने कुराहरूमा घमण्ड गर्नेहरूलाई तिमीहरूले जवाफ दिन सक भनेर तिमीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेका छौँ।
13
किनकि हामी बेहोशी छौँ भने परमेश्वरकै लागि बेहोशी छौँ; अनि यदि हामी होशमै छौँ भने त्यो तिमीहरूको फाइदाको लागि हो।
14
ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ; किनकि हामीलाई यो पक्का छ, कि सबैका निम्ति एक जना मर्नुभएको हुनाले सबै जना मरे।
15
उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरू अब आफ्नै लागि होइन, तर उहाँको लागि बाँचून् जो मरेर पुनर्जीवित हुनुभएको छ।
16
यसकारण अब उसो हामी कसैलाई पनि सांसारिक दृष्टिकोणले हेर्दैनौँ। एक पल्ट हामीले ख्रीष्टलाई पनि यसरी नै हेरेका थियौँ, तर अब त्यसो गर्नेछैनौँ।
17
यसकारण यदि कोही ख्रीष्टमा छ भने ऊ नयाँ सृष्टि हो। पुराना कुराहरू बितिगएका छन्; अब सबै कुरा नयाँ भएका छन्।
18
यी सबै परमेश्वरबाट भएको हो, जसले ख्रीष्टद्वारा हामीलाई मिलापमा ल्याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो;
19
अर्थात् ख्रीष्टमा हुनुभईकन परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो। तिनीहरूका पापका हिसाब लिनुभएन, र हामीलाई मिलापको सन्देश सुम्पनुभएको छ।
20
परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनुभएझैँ हामी ख्रीष्टका निम्ति राजदूतहरू हौँ। हामी ख्रीष्टको पक्षमा तिमीहरूलाई अनुरोध गर्दछौँ: परमेश्वरसित मिलाप गर।
21
हामी ख्रीष्टमा परमेश्वरको धार्मिकता बन्न पाऔँ भनी परमेश्वरले पाप नै नगर्नुहुनेलाई हाम्रा निम्ति पाप शुद्धीकरणको बलिदान तुल्याउनुभयो।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13