bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 John 1
2 John 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
1
मण्डलीका प्रधानबाट, परमेश्वरका जनहरूद्वारा चुनिएकी स्त्री र तिनका छोराछोरी, जसलाई म सत्यतामा प्रेम गर्छु, र मैले मात्र होइन, तर ती सबैले, जसले सत्यलाई चिनेका छन्।
2
सत्यताको कारणले, जुन हामीमा रहन्छ, र सदासर्वदाका लागि हामीसँग रहिरहनेछ:
3
परमेश्वर पिता र येशू ख्रीष्टबाट, जो पिताको पुत्र हुनुहुन्छ; अनुग्रह, कृपा र शान्तिसँगै सत्य तथा प्रेम हामीहरूसित रहून्!
4
पिताले हामीलाई जस्तो आज्ञा दिनुभयो, तिम्रा केही छोराछोरीहरू ठिक त्यसै गरी सत्यतामा चलिरहेका छन् भनी भेट्टाएकोमा म धेरै आनन्दित भएको छु।
5
हे प्रिय स्त्री, म तिम्रा लागि नयाँ आज्ञा लेख्दिनँ, तर जो हामीसँग सुरुदेखि नै छ, त्यही लेख्दैछु। म बिन्ती गर्दछु, हामी एक-अर्कालाई प्रेम गरौँ।
6
हामीले उहाँका आज्ञाहरू पालन गर्दै जिउनु नै प्रेम हो। जसरी तिमीहरूले सुरुदेखि सुनेका छौ, त्यसरी नै तिमीहरू प्रेममा हिँड्नुपर्छ, यही नै उहाँको आज्ञा हो।
7
किनकि म तिमीहरूलाई भन्दछु, धेरै जना बहकाउनेहरू संसारमा निस्किआएका छन्, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्। यस्ता कुनै पनि व्यक्ति छली र ख्रीष्ट विरोधी हो।
8
होसियार बस, जुन कुराको निम्ति हामीहरूले काम गरेका छौँ, त्यो गुमाउने होइन, तर तिमीहरूले पूरा इनाम पाउन सक।
9
हरेक जसले बाटो बिराएर अन्यत्र जाँदछ, त्यो ख्रीष्टको शिक्षामा स्थिर रहँदैन, त्यससँग परमेश्वर हुनुहुन्न; ख्रीष्टको शिक्षामा रहिरहने सबैसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
10
यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई घरमा नलैजाओ, न त त्यसलाई स्वागत नै गर।
11
जसले त्यसलाई स्वागत गर्छ, ऊ त्यसका दुष्ट कामहरूमा सहभागी बनेको हुन्छ।
12
मैले तिमीहरूलाई लेख्नुपर्ने कुरा धेरै छन्, तर कागज र मसीले ती म लेख्न चाहन्नँ। तर तिमीहरूकहाँ आएर आमने-सामने भएर कुरा गर्ने म आशा राख्छु, जसबाट हाम्रो आनन्द पूर्ण हुन सकोस्।
13
परमेश्वरद्वारा चुनिएकी तिम्री बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
Jump to:
Chapter 1
All chapters:
1