bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
2 Thessalonians 1
2 Thessalonians 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
1
पावल, सिलास र तिमोथीबाट, हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई:
2
परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
3
हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वास लगातार बढ्दै गएको र तिमीहरूको एक-आपसको प्रेम बढ्दै गएको कारण तिमीहरूका लागि हामीले परमेश्वरलाई सधैँ धन्यवाद दिनैपर्छ।
4
यसकारण तिमीहरूका सबै सतावट र तिमीहरूले सहिरहेका परीक्षाहरूका बीचमा तिमीहरूका धैर्य धारण र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी गर्व गर्दछौँ।
5
यो सबै परमेश्वरको साँचो न्यायको प्रमाण हो जसको परिणाम स्वरूप तिमीहरू परमेश्वरको राज्यको योग्य ठहराइनेछौ, जसको निम्ति तिमीहरूले कष्ट भोगिरहेका छौ।
6
परमेश्वर न्यायी हुनुहुन्छ। तिमीहरूलाई दुःख दिनेहरूलाई उहाँले दुःख दिनुहुन्छ।
7
अनि तिमी दुःख पाइरहेकाहरूलाई र हामीलाई पनि त्यसबाट छुटकारा दिनुहुनेछ। योचाहिँ तब हुनेछ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसित दन्किरहेको आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ।
8
उहाँले परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई सजाय दिनुहुनेछ।
9
तिनीहरूले अनन्तको विनाश सजाय पाउनेछन्; अनि तिनीहरू प्रभुको उपस्थिति र उहाँको शक्तिको महिमाबाट अलग गरिनेछन्।
10
यो त्यस दिन हुनेछ, जब उहाँ आफ्ना पवित्र जनहरूका बीचमा महिमित हुन र उहाँमाथि विश्वास गरेका सबैलाई चकित पार्न आउनुहुनेछ। यसमा तिमीहरू पनि सामेल छौ; किनकि तिमीहरूले हाम्रा गवाहीलाई विश्वास गर्यो।
11
यसलाई मनमा राखेर हामी निरन्तर तिमीहरूको लागि प्रार्थना गर्दर्छौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई उहाँको बोलावटको योग्य बनाऊन्; अनि आफ्नो शक्तिद्वारा तिमीहरूका असल कामको हरेक चाहनालाई र विश्वासद्वारा गरिएका हरेक कामलाई पूरा गरून्।
12
हामी प्रार्थना गर्दर्छौँ, ताकि हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहअनुसार तिमीहरूमा हाम्रा प्रभु येशूको नाम महिमित होस्, र उहाँमा तिमीहरूको महिमा होस्।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 2 →
All chapters:
1
2
3