bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Haggai 1
Haggai 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 2 →
1
दारा राजाको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यरुबाबेल, जो यहूदाका राज्यपाल थिए; अनि यहोसादाकका छोरा यहोशू, जो प्रधान पुजारी थिए; तिनीकहाँ याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:
2
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यी मानिसहरू भन्छन्, ‘याहवेहको भवन निर्माण गर्ने समय अझै आएको छैन।’ ”
3
तब याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:
4
“के यो भवन भग्नावशेष अवस्थामा रहेको बेला तिमीहरू आफूचाहिँ बुट्टेदार काठले सजिएको घरमा बस्ने समय हो र?”
5
यसकारण अब सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालहरूलाई होसियारीसाथ विचार गर।
6
तिमीहरूले धेरै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान्छौ, तर कहिल्यै अघाउँदैनौ। तिमीहरू पिउँदछौ, तर तिमीहरूको तिर्खा कहिल्यै मेटिँदैन। तिमीहरू लुगा त लगाउँछौ, तर तिमीहरूलाई न्यानो हुँदैन। तिमीहरू कमाइ त गर्छौ, तर त्यसलाई प्वाल परेको थैलीमा राख्दछौ।”
7
सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालको होसियारीसाथ विचार गर।
8
पर्वतहरूमा उक्लेर जाओ र काठ लिएर आओ; अनि मेरो भवन बनाओ, ताकि म त्यसमा प्रसन्न हुन सकूँ र मेरो महिमा होस्,” याहवेह भन्नुहुन्छ।
9
“तिमीहरूले धेरै आशा गरेका थियौ, तर हेर, त्यो थोरै हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले उडाइदिएँ। मैले किन त्यसो गरेँ?” सेनाहरूका याहवेह भन्नुहुन्छ। “किनकि मेरो भवनचाहिँ नष्ट भएको छ; अनि तिमीहरू हरेकचाहिँ आफ्नो घर बनाउनमा व्यस्त छौ।
10
यसर्थ तिमीहरूको कारणले गर्दा नै आकाशले शीत पार्न र पृथ्वीले आफ्नो अन्न उब्जाउन छोडेको छ।
11
मैले जमिनहरू, पर्वतहरू, अन्न, नयाँ दाखमद्य, जैतुनको तेल र जमिनको अन्य उब्जनीमा मानिसहरूमाथि, पृथ्वीका पशुप्राणीहरू र तिमीहरूका हातका परिश्रममा खडेरी निम्त्याएको छु।”
12
तब शालतिएलका छोरो यरुबाबेल र यहोसादाकका छोरा यहोशू प्रधान पुजारी; अनि बाँकी रहेका मानिसहरूले याहवेह आफ्ना परमेश्वरको वचन र हाग्गै अगमवक्ताको कुरा पालन गरे; किनकि हाग्गैलाई याहवेह तिनीहरूका परमेश्वरले पठाउनुभएको थियो। अनि ती मानिसहरूले परमेश्वरको डर माने।
13
तब याहवेहका समाचारवाहक हाग्गैले याहवेहको यो सन्देश मानिसहरूलाई दिए: “म तिमीहरूका साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ।
14
अनि यसरी याहवेहले शालतिएलको छोरा, यहूदाका राज्यपाल, यरुबाबेल र यहोसादाकको छोरा, यहोशू प्रधान पुजारी र बाँकी रहेका समस्त मानिसहरूका आत्मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सेनाहरूका याहवेह तिनीहरूका परमेश्वरको भवन निर्माण गर्न थाले।
15
यो काम तिनीहरूले दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा सुरु गरे। दारा राजाको शासनकालको दोस्रो वर्ष,
Jump to:
Chapter 1
Chapter 2
Chapter 2 →
All chapters:
1
2