bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Matthew 24
Matthew 24
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
1
येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए।
2
उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।”
3
येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्को अन्त्यको चिन्ह के हुनेछ?”
4
येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्।
5
किनकि धेरै जना ‘म ख्रीष्ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।
6
तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ।
7
जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्।
8
यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्।
9
“तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ।
10
त्यस बेला धेरै जना विश्वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्वासघात र घृणा गर्नेछन्।
11
अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्।
12
दुष्टता बढेकोले धेरैको प्रेम सेलाउनेछ,
13
तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
14
अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ।
15
“यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’ पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्,
16
तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
17
घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्।
18
खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्।
19
ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्!
20
शब्बाथ अथवा हिउँदमा तिमीहरू भाग्नु नपरोस् भनी प्रार्थना गर।
21
किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
22
“यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्।
23
त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्वास नगर।
24
किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू गर्नेछन्।
25
हेर, मैले तिमीहरूलाई पहिलेबाट नै भनिदिएको छु।
26
“यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्वास नगर।
27
किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ।
28
जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।
29
“ती दिनहरूका सङ्कष्टपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
30
“त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्।
31
अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।
32
“अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।
33
त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू भइरहेका देख्छौ, तब यो नजिकै, ढोकैमा छ भनी तिमीहरूले जान।
34
म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्चय नै नष्ट भएर जानेछैन।
35
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
36
“त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्नुहुन्छ।
37
जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ।
38
किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए।
39
अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ।
40
दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ।
41
दुई जना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछ र अर्की छोडिनेछ।
42
“यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ।
43
तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन।
44
यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
45
“त्यसो भए त्यो विश्वासयोग्य र बुद्धिमान् सेवक को हो, जसलाई त्यसका मालिकले घरका अन्य सेवकहरूलाई तिनीहरूका भोजन ठिक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्?
46
उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ।
47
म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
48
तर यदि त्यो सेवक दुष्ट छ, र त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भनी भन्यो,
49
अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने,
50
त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्।
51
तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र कपटीहरूका साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछन्।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28