bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Nahum 3
Nahum 3
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
रक्तपातले भरिएको सहरलाई धिक्कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन!
2
कोर्राहरूको आवाज, चक्काहरूको गडगडाहट, घोडाहरूको दौड र रथहरू थर्केका आवाज!
3
युद्धका घोडचढीहरूको हमला, चम्किला तरवारहरू र टल्किने भालाहरू! मारिएका धेरै-धेरै छन्; लासहरूका रासमाथि रास, अनगन्ती मृत शरीरहरू, मानिसहरू लासहरूमा ठेस खाँदै हिँड्छन्—
4
यी सबै त्यस वेश्याको कामुकताको कारणले गर्दा हो; त्यो टुनामुनाद्वारा लोभ्याउने मालिक्नी हो, जसले आफ्नो वेश्यावृत्तिद्वारा राष्ट्रहरूलाई र आफ्नो तन्त्रमन्त्रले जातिहरूलाई दास बनाउँथी।
5
“म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्नुहुन्छ। “मुखैसम्म म तेरा फरिया उचाल्नेछु। म तेरो नाङ्गोपना राष्ट्रहरूलाई र तेरो लाज राज्यहरूलाई देखाउनेछु।
6
म तँलाई घिनलाग्दो फोहोरले ढाक्नेछु, म तँलाई घृणित व्यवहार गर्नेछु, र तँलाई मानिसहरूका सामु तमाशा ठहराउनेछु।
7
तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”
8
के तँ नील नदीका किनारामा अवस्थित चारैपट्टि पानीले घेरिएको इजिप्टको राजधानी थेबेसभन्दा असल छस्? त्यसको सुरक्षा नील नदी थियो; अनि पानी सहरको पर्खालजस्तै थियो।
9
कूश र इजिप्ट त्यसको असीम शक्ति थिए; पूत र लिबिया त्यसका मित्र राष्ट्रहरू थिए।
10
तापनि त्यसलाई कैदमा लगियो, र त्यो निर्वासनमा गयो। त्यसका स-साना बालबच्चाहरू सडकका कुना-कुनामा पछारी-पछारी मारिए। त्यसका अगुवाहरूमाथि चिट्ठा हालियो, र त्यसका सबै अगुवाहरूलाई साङ्लाहरूले बाँधिए।
11
तँ निनवे पनि मात्तिनेछेस्; तँ लुकेर भाग्नेछस्, र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्।
12
तेरा सबै बलिया किल्लाहरू नेभाराका रूखहरूजस्तै, पाकेका पहिलो फलले भरिएका छन्; जब ती बोटहरूलाई हल्लाइन्छ, तब ती नेभाराहरू खानेहरूका मुखैमा झर्दछन्।
13
तेरा सेनाका दलहरूलाई हेर्, ती सबै बेसहारा स्त्रीहरूजस्ता मात्र छन्! तेरा देशका मूलढोकाहरू तेरा शत्रुहरूका निम्ति उदाङ्गै खोलिएका छन्; तिनका गजबारहरू आगोले भस्म पारेको छ।
14
शत्रुको घेराबन्दीमा पर्नुअगि आफ्ना निम्ति पानी भरेर राख्; आफ्ना प्रतिरक्षालाई बलियो पार्! माटो मुछेर तयार गर्; हिलो माटोलाई कुल्चीमिल्ची पार्, र इँटाको साँचाहरू मर्मत गर्!
15
त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ; तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछ; तिनीहरूले तँलाई सलहले जस्तै स्वाहा पार्नेछन्। फट्याङ्ग्राले जस्तो आफ्नो संख्या बढा; सलहले जस्तै आफ्नो अनगन्ती संख्या बढा!
16
तैँले आफ्ना व्यापारीहरूको संख्या आकाशका अनगन्ती ताराहरू जत्तिकै बढाएको छस्; तर सलहले झैँ तिनीहरूले देशलाई नाङ्गो पार्छन्, र त्यसपछि तिनीहरू उडेर जान्छन्।
17
तेरा पहरेदारहरू सलहहरूजस्ता छन्, तेरा अधिकारीहरू सलहहरूका बथानजस्ता छन्, जो जाडोमा भित्ताहरूमा टाँसिएर बस्छन्; तर जब घाम उदाउँछ, तिनीहरू उडेर टाढा जान्छन्, र ती कहाँ जान्छन्, सो कसैले जान्दैन।
18
हे अश्शूरको राजा, तेरा गोठालाहरू निदाउँछन्; तेरा भारदारहरू आराम गर्नलाई ढल्किन्छन्। तेरा मानिसहरू पर्वतहरूहुँदो छरपस्ट छन्। तिनीहरूलाई एकसाथ जम्मा गर्ने कोही पनि छैन।
19
कुनै पनि कुराले तँलाई निको पार्न सक्दैन; तेरो चोट प्राणघातक छ। जसले तेरो बारेमा सुन्छन्, तेरो पतनमा आफ्नो हातले ताली बजाउँछन्; किनकि तेरो कहिल्यै अन्त्य नहुने क्रूरता कसले भोगेको छैन र?
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3