bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Philemon 1
Philemon 1
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
Jump to:
Chapter 1
1
ख्रीष्ट येशूको सुसमाचार प्रचार गरेको कारण कैदी पावल र हाम्रा भाइ तिमोथीबाट, हामीहरूका प्रिय मित्र र सहकर्मी फिलेमोन,
2
हाम्री बहिनी अफिया, हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेट हुने मण्डलीलाई:
3
हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
4
जब म तिमीलाई प्रार्थनामा स्मरण गर्दछु, तब परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछु;
5
किनकि म प्रभु येशूमा भएको तिम्रो विश्वास र सबै सन्तहरूप्रति भएको तिम्रो प्रेमको विषयमा सुन्दछु।
6
ख्रीष्टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु।
7
तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ।
8
यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ;
9
म, वृद्ध पावल, जो अहिले ख्रीष्ट येशूको कारण कैदी, प्रेमको आधारमा तिमीलाई बिन्ती मात्र गर्दछु।
10
म तिमीलाई मेरो छोरा ओनेसिमसको लागि बिन्ती गर्दछु, जो कैदमा हुँदा ख्रीष्टमा मेरो आत्मिक छोरा भए,
11
जो कुनै समय तिम्रो लागि बेकम्मा थिए, तर अब ऊ तिम्रो र मेरो निम्ति कामलाग्दो भएका छन्।
12
मैले उसलाई तिमीकहाँ पठाउँदैछु, जो मेरो हृदयको टुक्रासमान हुन्।
13
सुसमाचारको कारण म कैदमा हुँदा मलाई सघाउनलाई उसले तिम्रो स्थान लेओस् भनेर मैले उसलाई मसँग राख्न रुचाएको थिएँ;
14
तर तिमीले देखाएको कुनै पनि भलाइ करमा परेर होइन, तर स्वेच्छापूर्वक होस् भनेर मैले तिम्रो अनुमतिविना केही पनि गर्न चाहिनँ।
15
सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला।
16
दासको रूपमा होइन, तर दासभन्दा पनि अझ बढ्ता, एक प्रिय भाइजस्तै। ऊ मेरा निम्ति अति प्रिय छ, तर तिम्रो निम्ति ऊ एक मानिसको रूपमा र प्रभुमा एक भाइभन्दा पनि अझ प्रिय छ।
17
यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उसलाई पनि स्वागत गर।
18
यदि त्यसले तिम्रो केही हानि गरेको छ वा त्यो केही कुरामा तिमीप्रति ऋणी छ भने त्यो मेरो हिसाबमा राखिदेऊ।
19
म पावल, आफ्नै हातले यो लेख्दैछु। त्यो ऋण म स्वयम् तिरिदिनेछु। यो भनिरहनु नपर्ला कि तिमी आफैँ पनि मप्रति ऋणी छौ।
20
प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ।
21
तिम्रो आज्ञाकारिताको कारण निश्चिन्त भएर मैले भनेको भन्दा बढी तिमीले गर्नेछौ भनी जानेर म यो लेख्दैछु।
22
अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु।
23
ख्रीष्ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्।
24
अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्।
25
प्रभु येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासँग रहोस्!
Jump to:
Chapter 1
All chapters:
1