bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
/
Song of Solomon 2
Song of Solomon 2
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 3 →
1
म त शारोनको गुलाफ, बेँसीहरूको लिली फूल हुँ।
2
युवतीहरूका बीचमा मेरी प्रिय काँडाहरू बीचको लिली फूलझैँ छिन्।
3
युवकहरूका बीचमा मेरा प्रिय, जङ्गलका रूखहरूका बीचमा स्याउको बोटजस्तै हुनुहुन्छ। उहाँका छायामुनि बस्दा मलाई आनन्द लाग्दछ; अनि उहाँको फल मलाई साह्रै मिठो लाग्छ।
4
उहाँले मलाई महाभोजको कोठामा लैजानुभयो; र ममाथि उहाँको झण्डाचाहिँ उहाँको प्रेम हो।
5
प्रेम रोगले गर्दा म शिथिल भएकी छु, यसकारण मलाई किसमिस खुवाएर बलियो बनाउनुहोस्; स्याउ दिएर ताजा पार्नुहोस्!
6
उहाँको देब्रे हात मेरो शिरमुनि छ, र दाहिने हातले मलाई अँगालो हाल्नुभएको छ।
7
हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु; उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ!
8
सुन, मेरा प्रियतम! हेर, उहाँ आउँदैहुनुहुन्छ; पर्वतहरूलाई पार गर्दै, डाँडाहरूमाथि फड्को मार्दै, उहाँ आउँदैहुनुहुन्छ!
9
मेरा प्रिय एक मृगझैँ, अथवा जवान जरायोझैँ हुनुहुन्छ। हेर, उहाँ हाम्रा पर्खालको पछिल्तिर उभिनुभएको छ; झ्यालहरूबाट हेर्दै हुनुहुन्छ; अनि आँखीझ्याल भित्रबाट चियाउँदै हुनुहुन्छ।
10
मेरा प्रियले बोल्नुभयो र मलाई भन्नुभयो, “हे मेरी प्रियसी उठ, हे मेरी सुन्दरी, मसित आऊ!
11
हेर, हिउँद बित्यो, वर्षा पनि सकियो।
12
पृथ्वीमा फूलहरू देखा परेका छन्; गीत गाउने समय आएको छ। हाम्रो भूमिमा ढुकुरहरू कुर्लेको सोर सुनिन्छ।
13
अञ्जीरको बोटमा फलहरू फल्न थाल्यो; दाखले त फुलेर बास्ना फैलाउन थाल्यो। उठ, आऊ, मेरी प्रिय, हे मेरी सुन्दरी, मसित आऊ!”
14
चट्टानका चिराहरूमा, भिरपहराका गुप्त ठाउँहरूमा, लुकेर बसेकी मेरी ढुकुर; मलाई तिम्रो अनुहार देखाऊ! तिम्रो सोर सुन्न पाऊँ; किनकि तिम्रो सोर मिठो छ; र तिम्रो मुहार सुन्दर छ।
15
हाम्रा निम्ति फ्याउराहरू समातिदेऊ; साना फ्याउराहरू, जसले दाखबारीमा फूलहरू फुलेका बेला हाम्रा दाखबारीहरू नाश पार्दछन्।
16
मेरा प्रिय मेरै हुनुहुन्छ, र म उहाँकी हुँ; उहाँ लिली फूलहरूका बीचमा टहल्नुहुन्छ।
17
जबसम्म बिहान हुँदैन, र छायाहरू हराउँदैनन्, हे मेरा प्रियतम, फर्कनुहोस्; र मृगझैँ, अथवा भिरालो डाँडाहरूमाथि हुने घोर्ले जरायोझैँ हुनुहोस्!
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8