bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 John 1
1 John 1
Nepali ERV (पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
1
हामी अब तिमीहरुलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श ग्यौं। हामी तिमीहरुलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ।
2
त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरुलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरुलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।
3
अब हामी तिमीहरुलाई हामीले देखेका अनि सुनेको कुराहरु भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरुको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।
4
हामी तिमीहरुलाई यी कुराहरु लेखिरहेकाछौं जसद्वारा तिमीहरु आनन्दले परिपूर्ण हुन सक्नेछौ।
5
हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं। अब हामी यो तिमीहरुलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।
6
यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौ, हामी सत्यको अनुसरण गरिरहेका छैनौ।
7
परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
8
यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।
9
तर यदि हामी हाम्रा पापहरु स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरु अनि हामीले गरेको जम्मै गल्तीहरु क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।
10
यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौ। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँचो सन्देश राखेका छैनौं।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 2 →
All chapters:
1
2
3
4
5