bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Samuel 11
1 Samuel 11
Nepali ERV (पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 12 →
1
झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।”
2
तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”
3
याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”
4
ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले।
5
शाऊल आफ्ना खेतबाट गाईहरू लिएर फर्कंदै थिए। शाऊलले खेतको अघि आउँदा मानिसहरू रोइरहेका सुने। शाऊलले भने, “मानिसहरूले के कष्ट भयो? किन रोइरहेकाछन्।” मानिसहरूले याबेशका दूतहरूले जे खबर ल्याएका थिए शाऊललाई बताए।
6
शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए।
7
शाऊलले एक जोडी गाई ल्याए अनि टुक्रा-टुक्रा पारे। अनि ती मासुका टुक्राहरू सबै ती खबर ल्याउने दूतहरूलाई दिए। तिनले ती सबै मासुको टुक्राहरू इस्राएलभरी पुर्याउन दूतहरूलाई आदेश दिए। यो सन्देश इस्राएलीहरूलाई दिनुभनि तिनीहरूलाई भने, “आऊ अनि शाऊल र शमूएललाई अनुशरण गर। यदि कसैले यसो गर्दैन भनि तिनीहरूलाई पनि उसको गाईलाई गरेको व्यवहार गरिनेछ!” परमप्रभुबाट मानिसहरूमा ज्यादै डर पस्यो। यसकारण मानिसहरू एकसाथ सबै एउटै मानिसजस्ता भई निस्के।
8
शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए।
9
शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोलि मंध्यान्हभित्र तिमीहरूको उद्धार हुनेछ।” दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए।
10
त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।”
11
भोलिपल्ट शाऊलले आफ्ना सैनिकहरूलाई तीन खण्डमा बाँडे। सूर्योदयको समयपछि शाऊल र तिनका सैनिकहरू अम्मोनीहरूको छाउनी भित्र पसे। जब शाऊलले आक्रमण गरे यो रातमा बस्ने रक्षक दलको अदला-बदली गर्ने समय थियो, शाऊल र तिनका सैनिकहरूले अम्मोनीहरूलाई मध्याह्र भन्दा पहिले नै हराए। सबै अम्मोनी सैनिकहरू तितर-वितर भए। दुइजना अम्मोनी सैनिक एकसाथ हुने मौका कतै पाएनन्।
12
तब मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहेनन्। ती मानिसहरू हाम्रा सामु झिकाईउन्। हामी तिनीहरूलाई मार्छौ।”
13
तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”
14
त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।”
15
यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो र्हषमा उत्सव मनाए।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31