bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Thessalonians 3
1 Thessalonians 3
Nepali ERV (पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
1
हामी तिमीहरूकहाँ आउन सकेका छैनौं अनि पर्खन पनि निकै गाह्रो भइराखेकोछ। हामीले तिमोथीलाई तिमीकहाँ पठाउने, र आफू एथेन्समा बस्ने निर्णय गर्यौं तिमोथी हाम्रो भाइ हुन्। उनी परमेश्वरसित ख्रीष्टको सुसमाचार मानिसहरू माझ प्रचार गर्ने काम गर्छन्। तिमीहरूलाई आफ्नो विश्वासमा दृढ र उत्साह दिन हामीले तिमोथीलाई पठाएका छौं
3
हामीले तिमोथीलाई पठाएकाछौ ताकि हामीले सामना गर्नु परेको विपत्तिले तिमीहरू हतोत्साह हुनु नपरोस्। तिमीहरूलाई यादै थियो, कि हामीमाथि यी विपत्तिहरू पर्ने नै छन्।
4
जब हामी तिमीहरूसँग थियौं हामीले तिमीहरूलाई भनेका थियौं कि हामीले विपत्तिको सामना गर्नुपर्छ। अनि तिमीहरू जान्दछौ कि जस्तो हामीले भनेका थियौ त्यही भयो।
5
त्यसैकारण तिमोथीलाई तिमीहरूकहाँ तिमीहरूको विश्वासको विषयमा जान्न पठाएको थियो। जब मैले केही क्षण पनि पर्खन सकिन उनलाई पठाँए। मलाई डर थियो कहीं शैतानले तिमीहरूलाई परिक्षा लियो अनि हाम्रो सम्पूर्ण परिश्रम व्यर्थ भयो।
6
तर तिमोथी तिमीहरूकहाँ आफ्नो भ्रमणबाट भर्खर फर्केर आई तिमीहरूको विषयमा प्रेम र विश्वासको शुभ समाचार हामीलाई सुनाए। उनीबाट बुझ्यौं कि तिमीहरूले हामीलाई सधैं सम्झदा रहेछौ र हामीलाई भेट्ने ठूलो इच्छा रहेछ। हामीलाई पनि त्यस्तै भइरहेछ।
7
यसकारण, दाज्यु-भाइहरू, दिदी-बहिनीहरू, तिमीहरूका विश्वासले गर्दा हामी ढुककछौं। हामीलाई धेरै दुःख कष्ट छ तर पनि हामी तिमीहरूको विश्वासको बारेमा सुनेर निश्चिन्त छौं।
8
तिमीहरू परमप्रभुमा दरिलोसित उभिन सक्यौ भने हाम्रो जीवन वास्तवमा पूर्ण हुन्छ।
9
तिमीहरूको कारणले परमेश्वरको अघि हामी र्हषित छौं। यसर्थ, त्यसैको लागि हामी परमेश्वरलाई धन्यवाद दिन्छौ। यही सब आनन्दको निम्ति हामी परमेश्वरलाई प्रशस्त धन्यवाद दिन सक्तैनौ।
10
हामी रात-दिन तिमीहरूका लागि उत्साह पूर्वक परमेश्वरसित प्रार्थना गरिरहेकाछौं ताकि तिमीहरूलाई भेटन जान हामीलाई सम्भव होस् अनि तिमीहरूको विश्वासमा आएको कुनै पनि कमीमा हामी आपूर्ति गर्न सकौं।
11
हाम्रो प्रार्थना छ कि हाम्रा पिता परमेश्वर र हाम्रा परमप्रभु येशू ख्रीष्टले तिमीहरूकहाँ आउने बाटो खोलिदिनु हुनेछ।
12
हाम्रो प्रार्थना छ कि परमप्रभुले तिम्रो प्रेमलाई बढाईदिनु हुनेछ, ताकि तिमीहरूको एक अर्कामा र जम्मै मानिसहरूमा प्रेम लगातार परिपूर्ण भई बढोस्। हामी प्रार्थना गर्छौ कि हामीले तिमीहरूलाई प्रेम गरे जस्तै प्रत्येकमा प्रेम गर।
13
तिमीहरूको हृदय दृढ बनोस् भनेर हामी यो प्रार्थना गर्दछौं। जब हाम्रो प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित आउनु हुनेछ, तिमीहरू परमेश्वर हाम्रा पिताका अघि पवित्र र निष्कलंक हुनेछौ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 4 →
All chapters:
1
2
3
4
5