bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
1 Timothy 5
1 Timothy 5
Nepali ERV (पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
1
आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाइहरूलाई जस्तै व्यवहार गर।
2
ठूला स्त्रीहरूसित आफ्नी आमालाई जस्तै व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै अनि शुद्ध मनले व्यवहार गर।
3
विधवाहरूलाई मान गर जो साँच्चै असहाय छन्।
4
तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ।
5
कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसंग प्रार्थना र्गछिन्। उनले परमेश्वरसंग सहायता माग्छिन्।
6
तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो।
7
यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसकून् कि तिनीहरूले भूल गर्दैछन्।
8
मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।
9
विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60र्वष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ।
10
उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।
11
तर तरूणी विधवाहरूलाई आफ्नो सूचीमा न लेख। तिनीहरूले आफूलाई ख्रीष्टमा सर्मपित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्।
12
तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ।
13
यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरउटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।
14
यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।
15
कतिपय तरूणी विधवाहरू शैतानको अनुसरण गर्न र्फकिसकेकाछन्।
16
यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँचो अर्थमा अभावग्रस्त विधवा छन्।
17
अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।
18
किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।” अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”
19
यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन।
20
जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।
21
परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।
22
धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
23
तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।
24
कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ।
25
मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 6 →
All chapters:
1
2
3
4
5
6