bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
3 John 1
3 John 1
Nepali ERV (पवित्र बाइबल)
Jump to:
Chapter 1
1
मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।
2
मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्।
3
ख्रीष्टमा विश्वास रहेका कोही भाइहरु आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरुले भने कि तिमीले सत्यको मार्ग अनुसरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।
4
जब म मेरा बालकहरु सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
5
मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरुलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरुलाई पनि सहयोग गरिरहेछौ।
6
यी भाइहरुले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरुलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरुलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।
7
यी भाइहरु ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरुले ती मानिसहरुबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्।
8
यसर्थ हामीले यस्ता भाइहरुलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरुलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरुले गरेको कार्यमा सहभागी बर्न्छौं।
10
जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरुलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरु जसले भाइहरुलाई सहयोग गर्न चहान्छन् तिनीहरुलाई पनि वाधा दिन्छ अनि तिनीहरुलाई मण्डलीबाट बाहिर निकाली दिन्छ
11
मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
12
सबै मानिसहरुले डेमेत्रियसको विषयमा असल कुराहरु गर्छन्। अनि त्यो सत्य तिनीहरुले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छो। अनि तिमीहरु जान्दछौ कि हामी जे भन्छौ त्यो सत्य हो।
13
मेरो तिमीहरुलाई धैरे कुराहरु भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ।
14
म तिमीहरुसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौ।
Jump to:
Chapter 1
All chapters:
1