bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Ezra 10
Ezra 10
Nepali ERV (पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
1
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।
2
शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौ। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर।
3
अब, यस विषयमा इस्राएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौ।
4
उठ, किनभने यो तिम्रो जिम्मेवारिको कुरा हो अनि हामी तिम्रोसाथ छौ। यसो गर्ने साहस गर।”
5
यसर्थ एज्रा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे।
6
त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।
7
तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे।
8
तीन दिन भित्रमा जो आउदैन, अधिकारी अनि धर्मगुरूको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।
9
यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौ महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए।
10
तब पूजाहारी एज्रा उठे अनि तिनीहरूलाई भने, “विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरू अविश्वसनीय भएका छौ यसरी इस्राएलमा अपराध बढाएका छौ।
11
यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”
12
सम्पुर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ।
13
तर यहाँ धेरै मानिसहरू छन् अनि यो वर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सत्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किन हामीले यस कुरामा महानरूपले पाप गरेका छौ।
14
हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरू अनि त्यहाँका न्यायकर्त्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हटदैन।”
15
केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याजयाहले विरोध गरे। अनि मशुल्लाम, शब्बतै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।
16
फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौ महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे।
17
तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। व्यापार अर्को वर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।
18
विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेट्टीएः योशादाकका छोरा येशुअको सन्तान अनि भाईकाहरूकाः मासेयाह, एलाजार, यारीब अनि गदल्याह।
19
तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई तलाक दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।
20
इम्मेरका कुलहरूबाटः हनानी अनि जबदियाह।
21
हारीमका कुलहरूबाटः मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।
22
पशहूरका कुलहरूबाटः एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद अनि एलासा।
23
लेवीहरू मध्येः योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।
24
गवैयाहरू मध्येः एल्याशीब। द्वारपालहरू मध्येः शल्लूम, तेलेम अनि ऊरी।
25
अनि रहेका, अन्य इस्राएली मध्येः परोशका कुलहरूकाः सम्याह, यिज्याह, मल्किया, मिय्यामीन, एलाजार, मल्कियाह, बनायाह।
26
एलामका कुलहरूबाटः मत्तन्याह, जकर्याह, यहीएल, अब्दी, यरेमोत अनि एलिया।
27
जत्तूका कुलहरूबाटः एल्योएनै, एल्याशीव, अत्तन्याह, यरेमोत, जरबाद अनि अजीजा।
28
बेबैका कुलहरूकाः यो मानिसहरू येहोहानान, हनन्याह, जब्बै अनि अत्लै।
29
बानीका कुलहरूबाटः मशूल्लाम, मल्लूक, अदायाह, याशूब, शाल अनि यरेमोत।
30
पहत-मोआबका कुलहरूबाटः अद्ना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बज्लेल बिन्नूई अनि मनश्शे।
31
हारीमको कुलहरूबाट यी मानिसहरूः एलाजार, यिश्शियाह, मल्कियाह, शमायह, शिमेओन।
32
बिन्यामिन, मल्लूह, अनि शमर्याह।
33
हाशूमका कुलहरूबाट यी मानिसहरू मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे अनि शिमी।
34
बानीका कुलहरूबाट यी मानिसहरूः मादे, अम्राम, अनि ऊएल।
35
बनायाह, बेदयाह कलूही।
36
बन्याह, मरेमोत, एल्याशीब।
37
मत्तन्याह, मत्तनै अनि यास्।
38
बिन्नूईको कुलहरूबाट यी मानिसहरूः
39
शिमी, शेलेम्याह, नातान अनि अदाया।
40
मक्नादबै, शाशै, अनि शारै।
41
अज्रेल शेलेम्याह, शमर्याह।
42
शल्लूम, अमर्याह अनि योसेफ।
43
नेबोका कुलहरूबाट यी मानिसहरूः यीएल, मत्तियाह जाबाद, जीबना, इद्दै योएल अनि बनायाह।
44
यी सबै मानिसहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, अनि तिनीहरू कसैको पत्नीहरूसंग छोरा-छोरीहरू थिएनन्।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
All chapters:
1
2
3
4
5
6
7
8
9
10