bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Genesis 40
Genesis 40
Nepali ERV (पवित्र बाइबल)
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 41 →
1
पछि, फिरऊनका दुइजना नोकरहरूले फिरऊनप्रति केही गल्ती गरे। तिनीहरूमध्ये एकजना फिरऊनका लागि रोटी पकाउने अनि अर्को उनको दाखरस दिने नोकर थिए।
2
फिरऊन यी रोटी पकाउने र दाखरस सेवा गर्ने मानिसहरूसित क्रोधित भए।
3
उनले तिनीहरूलाई फिरउनले यूसुफलाई जस्तै फोतिफरलाई झ्यालखानाम पठाए जसको मुख्य अगंरक्षकको घरमा जहाँ यूसुफ थियो।
4
प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए।
5
एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो।
6
यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए।
7
यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?”
8
ती दुइजना मानिसहरूले उत्तर दिए, “हामीले राती सपना देख्यौं तर के सपना देख्यौं बुझ्न सकेनौं। त्यो सपनाको अर्थ हामीलाई बुझाउने अथवा व्याख्या गर्ने मानिस यहाँ कोही पनि छैन।” यूसुफले तिनीहरूलाई भने, “परमेश्वर नै एकजना हुनुहुन्छ जसले सपना बुझाउनु अथवा व्याख्या गर्न सक्नु हुन्छ। यसर्थ म बिन्ती गर्छु मलाई तिमीहरूको सपना बताऊ।”
9
यसर्थ दाखरस सेवकले यूसुफलाई आफ्नो सपना बतायो। त्यसले भने, “मैले मेरो सपनामा दाखको बोट देखें।
10
त्यस बोटमा तीनवटा हाँगाहरू थिए। कोपिला लागेपछि लगत्तै यसका फूलहरू प्रस्फूटित भए अनि पाकेको अगूँरको गुच्छा भयो।
11
मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।”
12
तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो।
13
तीन दिन शेष हुनुअघि फिरऊनले यहाँ आएर तिमीलाई आफ्नो काममा जान अनुमति दिनेछन्। तिमीले त्यही काम गर्नेछौ जुन काम तिमीले फिरऊनसित पहिले गरिरहेका थियौ।
14
तर जब तिमी यहाँबाट मुक्ति पाउँछौ मलाई पनि सझना गर्नु। मलाई सहायता अनि मेरो भलाई गर। मेरो विषयमा फिरऊनलाई भन जसले गर्दा म यहाँबाट निस्कन सकुँ।
15
मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।”
16
त्यस रोटी पकाउनेले थाहा पायो अर्को नोकरको सपना राम्रो थियो। यसर्थ मुख्य रोटी पकाउनेले यूसुफलाई भने, “मैले पनि सपना देखें। मैले सपनामा देखें मेरो टाउको माथि रोटीले भरिएको तीनओटा डालाहरू थिए।
17
सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।”
18
यूसुफले उत्तर दियो, “सपनाको अर्थ के हुन्छ म बताउने छु। ती तीन डालाहरूको अर्थ तीन दिन हो।
19
तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।” यूसुफलाई बिर्सिन्छन्
20
तीन दिनपछि फिरऊनको जन्म दिन थियो। फिरऊनले आफ्नो सबै नोकरहरूलाई भोज दिए। भोजमा फिरऊनले मुख्य दाखरस दिने र मुख्य रोटी पकाउने नोकरहरूलाई झ्यालखानाबाट निकाल्ने अनुमति दिए।
21
फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो।
22
तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो।
23
तर मुख्य दाखरस दिने सेवकले यूसुफलाई सहायता गर्न पनि बिर्सियो उसले यूसुफको विषयमा फिरऊनलाई केही पनि भनेन। यूसुफको विषयमा उनले सबै बिर्सियो। फिरऊनको सपना
← Chapter 39
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 43
Chapter 44
Chapter 45
Chapter 46
Chapter 47
Chapter 48
Chapter 49
Chapter 50
Chapter 41 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50