bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Leviticus 4
Leviticus 4
Nepali ERV (पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 5 →
1
परमप्रभुले मोशालाई भन्नुभयो,
2
“इस्राएलका मानिसहरूलाई भन, “जब एउटा मानिसले नजान्दा पाप गरे अनि परमप्रभुका आज्ञाहरूमा नगर्नु भनेको कुनै काम गर्छ भने, त्यस मानिसले तलका कुराहरू गर्नु पर्छ।
3
“यदि कुनै अभिषिक्त पूजाहारीले ल्याउछ भने पाप गरेर कर्म गर्छ जसले मानिसहरूमाथि दोष लाग्छ उसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।
4
अनि उसले साँढेलाई परमप्रभुअघि भेटहुने पालको प्रवेशद्वारमा ल्याउनु पर्छ अनि त्यस साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ परमप्रभुअघि त्यसलाई मार्नु पर्छ।
5
त्यसपछि अभिषिक्त भएको पूजाहारीले बलि चढाइएको साँढेको रगत भेट हुने पालमा ल्याओस्।
6
त्यसपछि पूजाहारीले आफ्नो ओंला रगतमा चोबोस् र अति-पवित्रस्थानको पर्दाअघि परमप्रभुको सामुन्ने रगत सात पल्ट छर्कोस्।
7
त्यसपछि पूजाहारीले धूपवेदीका सींङहरूमा रगतको केही अंश छर्किनु पर्छ जो भेट हुने पालमा परमप्रभुको सामुन्ने हुन्छ, अनि साँढेका रहल रगत भेटहुनेपालको प्रवेश द्वारको होमबलिको वेदीको आधारमा खान्याऊन्।
8
अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।
9
दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मिर्गौलाहरू सितै पापबलिको साँढेबाट निकाल्नु पर्छ।
10
मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालोस्। त्यसपछि पूजाहारीले त्यसलाई बलि होमबलिको वेदीमा जलाओस्।
11
तर साँढेको छाला, त्यसको मासु र टाउको, खुट्टा, आन्द्रा-भुँडी, गोबरसमेत,
12
अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।
13
“यदि समस्त इस्राएली मानिसहरूले नजान्दा नै भूल गर्छन् अनि तिनीहरूलाई थाहा हुँदैन तिनीहरूले परमप्रभुको कुनै आज्ञा पालन गरेनन् भने, तब तिनीहरू दोषी हुनेछन्।
14
जब तिनीहरूले परमप्रभुको आज्ञा विरूद्ध गरेको पाप चाल पाउँछन्, पापबलिको निम्ति तिनीहरूले बथानबाट एउटा साँढे बलि दिऊन्। त्यो साँढे तिनीहरूले भेट हुने पाल अगाडी ल्याउनपर्छ।
15
अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ।
16
तब अभिषिक्त भएका पूजाहारीले साँढेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याओस्।
17
अनि पूजाहारीले आफ्नो औंला त्यस रगतमा डुबाएर परमप्रभु अगाडीको पर्दा सामुन्ने सात पल्ट छर्कियोस्।
18
अनि केही रगत वेदीको कुनामा राख्नु पर्छ जो भेट हुने पालमा परमप्रभुको अघि छ अनि रहल रगत होमबलिको वेदीमा अगेनोमा खन्याउनु पर्छ जो भेट हुने पालको प्रवेश हुन्छ।
19
अनि उसले सबै बोसो बलिबाट निकालेर वेदीमा जलाओस्।
20
उसले यो पापबलिलाई जसो गर्छ यसलाई पनि त्यसै गर्नुपर्छ, यसरी नै पूजाहारीले इस्राएली मानिसहरूको निम्ति प्रायाश्चित गराउँछन् अनि तिनीहरूको पाप क्षमा हुन्छ।
21
पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।
22
“यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ,
23
अनि पछि आफ्नो दोष पत्ता लगाउँछ, उसले आफ्नो पशुहरूको बथानबाट उपहार स्वरूप भूत्लै भूत्ला भएको निष्खोट बोका ल्याउनु पर्छ।
24
तब उसले आफ्नो हात त्यस बोकाको टाउकोमाथि राखोस् अनि होमबलि दिइने ठाउँमा त्यसलाई परमप्रभुकोअघि मारोस् यो शुद्धिकरणको बलि हो।
25
त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस्
26
उसले पाठोको सबै बोसो बलिदान वेदीमा त्यसरी नै जलाउनु पर्छ जसरी मेलबलिको बोसो उसले जलाएको थियो। यस प्रकारले, उसले गरेको पापको निम्ति पूजाहारीले प्रायश्चित गर्नेछ अनि परमेश्वरले उसलाई क्षमा दिनुहुनेछ।
27
“यदि समुदायको कुनै मानिसले नजानेर पाप गरे अथवा परमप्रभुले दिनु भएको निषेधाज्ञाको विरोधमा काम गरे त्यो दोषी हुनेछ
28
अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै भुत्लो भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्।
29
तब आफ्नो पाप बलिको निम्ति उसले त्यस पाठीको टाउकोमा हात राखोस् अनि होमबलि हुने ठाउँमा मारोस्।
30
तब पूजाहारीले केही रगत औंलाले लेओस् र होमबलिको वेदीको कुनामा लगाओस् र अरू सबै रगत वेदीको आधारमा खन्याओस्।
31
अनि मेलबलिमा गरिएको बलि झैं उसले त्यस बलिबाट सबै बोसो निकालोस्। पूजाहारीले परमप्रभुको निम्ति मिठो बास्ना दिनकालागि त्यो वेदीमा जलाओस्। यसरी पूजाहारीले त्यस मानिसलाई शुद्ध बनाउँछ अनि त्यसलाई क्षमा गरिनेछ।
32
“यदि कसैले उसको पापबलिको निम्ति भेडा ल्याउँछ भने, तब उसले निष्खोट भेडाको पाठो ल्याउनु पर्छ।
33
उसले पापबलिको टाउकोमा आफ्नो हात राख्नु पर्छ अनि यसलाई त्यस ठाउँमा मार्नु पर्छ जहाँ होमबलिकालागि बलिदान गरिन्छ।
34
तब पापबलिबाट, पूजाहारीले आफ्नो औंलामा केही रगत लिनु पर्छ अनि होमबलिको वेदीको सिङहरूमा यसलाई राख्नु पर्छ अनि रहल रगतलाई वेदीको अगेनोमा खन्याउनु पर्छ।
35
तब उसले मेलबलि सम्पन्न गरिको थियो, पूजाहारीले पाठोबाट निकाल्नु पर्छ अनि परमप्रभुका लागि भेटीको रूपमा यसलाई जलाउँछ। यसरी पूजाहारीद्वारा त्यस मानिसको प्रायश्चित उसको पापको लागि सम्पन्न हुन्छ अनि त्यो मानिस पाप मुक्त हुनेछ।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27