bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Malachi 3
Malachi 3
Nepali ERV (पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
1
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।
2
कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सकनेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सकनेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेछन्।
3
उहाँले लेवी कुलहरूलाई पवित्र पार्नु हुनेछ। उहाँले लेवी कुलहरूलाई यस्तो शुद्ध पार्नुहुन्छ जस्तो आगोले चाँदीलाई शुद्ध पार्छ उहाँले तिनीहरूलाई शुद्ध सुन र चाँदी जस्तै बनाउँनु हुनेछ। तब उनीहरूले परमप्रभु कहाँ भेटी लिएर आउँनेछन् अनि ती कामहरू पनी ठीकसंग गर्नेछन्।
4
“त्यसपछि परमप्रभुले यहूदा अनि यरूशलेमको भेटी स्वीकार गर्नु हुनेछ। यो पहिला समयको जस्तै हुनेछ। यो पहिलाको लामो समय जस्तै हुनेछ।
5
तब म तिमीहरू कहाँ आउँनेछु। तब म ठीक काम गर्नेछु। म त्यो साक्षी जस्तै हुनेछु जुन मानिसहरू द्वारा गरेको नराम्रो कामको निम्ति न्यायकर्ताहरूले गर्ने गर्छन्। कति मानिसहरूले नराम्रो जादु गर्छन, कतिले व्याभिचारी पाप गर्छन, कतिले झूटा गवाही दिन्छन्, कतिले आफ्नो मजदूरलाई ठग्छन्। उनीहरू आफैंले तोकेको रकम दिंदैनन्। विधुवाहरू, टुहुरा-टुहुरीहरूलाई सहायता गर्दैनन्। मानिसले मेरो सम्मान गर्दैनन्।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।
6
“म परमप्रभु हुँ अनि म परिवर्तन हुनेछैन। तिमीहरू याकूबका सन्तान हौ, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो।
7
तर तिमीहरूले मेरो नियमहरू कहिल्यै पनि पालन गरेनौ। यहाँ सम्म कि तिमीहरूका पिता-पुर्खाहरूले पनि मेरो अनुसरण गरेनन्। मकहाँ आऊ अनि म तिमीहरूकहाँ आउँनेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। तिमीहरू भन्छौ, ‘हामीहरू फेरि कसरी फर्कनु?’
8
“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’ तिमीहरूले मलाई तिमीहरूको चीजको दशांशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।
9
यस्तै प्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
10
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “यो परीक्षाको जाँच गर। आफ्नो चीजको दशांश भाग मलाई देऊ। ती चीजहरू ढुकुटीमा राख। मेरो घरमा खाने कुराहरू लिएर आऊ। यसरी मलाई जाँचेर हेर! यदि तिमीले यो सबै कामहरू गर्यौ भने म तिमीहरूलाई आशीर्बाद दिनेछु। तिमीहरूसंग राम्रो चीजहरू जस्ताको त्यस्तै हुनेछन् जस्तो आकाशबाट पानी पर्छ। तिमीहरूले हरेक चीजहरू आवश्यक्ता भन्दा ज्यादा पाउँनेछौ।
11
म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।
12
अन्य जातिहरूले पनि तिमीहरूलाई सुखी भन्नेछन्। तिमीहरूको देश साँच्चै नै आश्चर्यजनक देश हुनेछ।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।
13
परमप्रभु भन्नुहुन्छ, “तिमीले मेरो बिषयमा कुराहरू गर्यौ।” तर तिमीहरू सोध्छौ, “हामीले तपाईको बिषयमा के कुरा गर्यौं?”
14
तिमीहरूले भन्यौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्यौ जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नो पापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन।
15
“हामीले सोच्यौ अहंकारी मानिसहरू सुखी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराम्रो कामहरू गर्छन अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।
16
परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।
17
परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरू मेरो हुन्। म उनीहरू प्रति कृपा दर्शाउँछु। मानिहरूले ती नानीहरूमाथि ज्यादा दया राख्छन् जसले आज्ञा पालन गर्छन्। यस्तै प्रकारले म आफ्नो भक्तहरूमाथि कृपा राख्छु।
18
मानिसहरू मकहाँ फर्केर आऊ अनि राम्रो र नराम्रो कामको बारेमा सम्झ। तिमीहरूले परमेशवरका भक्त र अन्य मानिसहरू बिचको अन्तर सम्झ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 4 →
All chapters:
1
2
3
4