bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Nahum 3
Nahum 3
Nepali ERV (पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
यो हत्याराहरूको शहरलाई एकदमै नराम्रो हुनेछ! निनवे शहर एकदमै झुटले भरिएको छ। यो अन्य देशहरुबाट ल्याएको सामानहरुले भरिएकोछ।
2
तमीहरुले कोर्राको आवाज, पाङ्ग्राहरुको आवाज, घोडाहरुका दौड अनि रथहरु दगुर्दै गरेको आवाजहरु सुन्दैछौ।
3
घोड-सवारले आक्रमण गरिरहेकाछन् र तिनीहरुका तरवारहरु चम्किरहेकाछन्, तिनीहरुको भालाहरु चम्किरहेकोछन्। त्यहाँ लाशको थुप्रो छ, अनगन्ती लाशहरु छरिएका छन्, मानिसहरु ती लाशहरुमा ठेस लागेर लरबराएकाछन्।
4
यी सबै निनवेको कारणले भएको हो। निनवे वेश्या जस्तै छे जो कहिल्यै पनि तृप्तिहुँदिन। त्यसलाई अझै धेरै-धेरै चाहिन्छ। उसले अझै धेरै देशमा आफुलाई बेच्यो अनि त्यसले उसलाई आफ्नो दास बनाउँन टुना-मुना गर्यो।
5
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरुलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरुले तिम्रो लाज हेर्नेछन्।
6
म तिमीमाथि घृणा लाग्दा चिजहरु फ्याँकिदिनेछु। म तिमीलाई घृणित ब्यवहार गर्नेछु। मानिसले तिमीलाई देख्नेछन्, अनि तिमीलाई देखेर हाँस्ने छन्।
7
प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्। तिनीहरुले भन्नेछन्, ‘निनवे ध्वंश भयो! उसका निम्ति को रूँन्छ?’ म जान्दछु कि निनवेलाई शान्तवना दिने म कोही पनि भेट्नेछैन।
8
निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरुबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो।
10
तर अमोन पराजि भयो। तिनका मानिसहरु कैदीबनाएर अर्को देशमा लगियो। गल्लीहरुको कुनामा शत्रुका सैनिकहरुले उसका साना-साना नानीहरुलाई पछारेर टुक्रा-टुक्रा पार्यो। कुन मानिसले उसका कुन महत्वपूर्ण मानिसलाई कमारा बनाउन सक्छ, त्यो हर्ने चिठ्ठा हाले। अमोनका सबै महत्वपूर्ण मानिसहरुलाई उनीहरुले साङ्गलाले बाँधे।
11
यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।
12
तर निनवे, तिम्रो सबै बलियो ठाउँहरु नेभाराको रुखहरु जस्तै हुनेछ। नयाँ नेभाराको फल पाकनेछ, कुनै एउटा मानिस आएर बोट हल्लाई दिन्छ र सबै नेभारा त्यो मानिसको मुखमा खस्छ। त्यसले सबै खान्छ र सबै सकिन्छ।
13
निनवे तिम्रो सबै मानिसहरु, स्त्रीहरु जस्तै छन् अनि तिनीहरुलाई लान शत्रुका सैनिकहरु तयार छन्। तिम्रो भूमिका फाटकहरु तिम्रो शत्रुहरुका निम्ति खुल्लाछन् अनि तिनीहरु भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरु जलाएर ध्वंश पारेकाछन्।
14
तिमी पानी जम्मागर, आफ्नो शहरभित्र जम्मा राख। किनकि शत्रुका सेनाले तिमीहरुका शहरहरु घेर्नेछन्। तिनीहरुले शहर भित्र कसैलाई पनि खाना अथवा पानी ल्याउँन दिनेछैनन्। आफ्नो सुरक्षा बलियो बनाऊ। अनि धेरै ईंटा बनाउनको निम्ति माटो जम्मा गर। ईंटा बनाउनको लागि मसला मिसाऊ अनि साँचो ठिक पार।
15
तिमी यी सबै कामहरु गर्न सक्छौ तर फेरि आगोले तिमीलाई पूर्ण रूपले ध्वंश पार्नेछ। अनि तरवारले तिमीलाई मार्नेछ। तिम्रो केही भूमि यस्तो देखा पर्नेछ मानौ केही सलहहरु आएकाछन् र यसको हर चिज खाईदिएका छन्। निनवे तिमी लगातार बढ्दै गयौ तिमी फट्याङ्ग्राको हूल झैं भयौ। तिमी सलहको हूल झैं थियौ।
16
तिम्रो ब्यापारिको (जो बिभिन्न ठाउँमा गएर सामानहरु किन्छन् तिनीहरुको) संख्या बढेकोछ। तिनीहरु आकाशका ताराहरु जस्तै धोरै भएकाछन्। तिनीहरु सलहको हूल जस्तै भएकाछन् जसले प्रत्येक वस्तु समाप्त नहुन्जेल सम्म खान्छन् अनि त्यस पछि जान्छन्।
17
अनि तिम्रो राज्यका अधिकारीहरु, सलहहरु जस्तैछन्। यी ती सलहहरु जस्तैछन् जो जाडो दिनमा चट्टानमाथि बस्छन् तर सूर्य उदाएपछि चट्टानमा गर्मी हुन थाल्छ अनि ती उडेर कता जान्छ कसैलाई पनि थाह हुँदैन। तिम्रो अधिकारीहरु पनि यस्तै छन्।
18
हे अश्शूरका राजा, तिम्रो गोठालाहरु निदाइरहेका छन्। ती शक्तिशाली मानिसहरु आराम गरिरहेकाछन् अनि तिम्रो मानिसहरु पर्वतमा घुमिरहेकाछन्। तिनीहरुलाई फर्काएर ल्याउने कोही छैन्।
19
निनवे, तिमी नराम्रो प्रकारले घायल भएका छौ, अनि त्यस्तो कुनै चीज छैन जसले तिम्रो घाउहरु निको पार्छ। ज-जसले तिम्रो बिनाशको समचार सुन्छन् तिनीहरु सबैले ताली बजाउँछन्। उनीहरु सबै प्रसन्न हुन्छन्। किन? किनभने उनीहरु सबैले यो पिडा अनुभव गरेकाछन् जुन तिनीहरुले उनीहरुलाई सधैं दुःख दिने गर्थ्यौ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3