bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Nehemiah 12
Nehemiah 12
Nepali ERV (पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
1
यी पूजाहारीहरू अनि लेवीहरू हुन्। जो कैदबाट यरूशलेममा यरूबाबेल शालतीएलका छोरा अनि येशूअसित आएः सरायाह, यिर्मयाह, एज्रा,
2
अमर्याह मल्लूक, हत्तूश,
3
शकन्याह, रहूम, मरेमोत,
4
इद्दो, गिन्नतोन। अबियाह,
5
मियामीन, माथह, बिल्गा,
6
शमायाह, योयारीव, यदायाह।
7
सल्लू, अमोक, हिल्कियाह अनि यदायाह। येशूअको समयमा यिनीहरू पूजाहारीहरू अनि तिनीहरूका सहयोगीहरू अगुवाहरू थिए।
8
लेवीहरू येअ, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए।
9
तिनीहरूका सहयोगीहरू बक्बुवयाह उन्नी, सेवामा तिनीहरू देखि पारि खडा भए।
10
येशूअ योयाकीम्का पिता थिए। योयाकीम एल्याशीबका पिता थिए। एल्याशीब योयादाका पिता थिए।
11
योयादा जोनाथनका पिता थिए। जोनाथन यदूतूनका पिता थिए।
12
योयाकीमको समयमा यी पूजाहारीहरू कुलका अगुवाहरू थिएः सरायाहको कुलका अगुवा मरायाह थिए। यिर्मयाहको कुलका अगुवा हनन्याह थिए।
13
एज्राको कुलका अगुवा मशुल्लाम थिए। अमर्याहको कुलका अगुवा यहोहानान थिए।
14
जोनाथन मल्लूदाको कुलका अगुवा थिए। यूसुफ शकन्याहको कुलका अगुवा थिए।
15
अदूना हारीमको कुलका अगुवा थिए। हेल्कै मरेमोत परिवार अगुवा थिए।
16
इदूदोको कुलका अगुवा जकर्याह थिए। गिन्नतोनको कुलका अगुवा मशुल्लाम थिए।
17
अबियाहको कुलका अगुवा जिक्री थिए। मिन्यामीन अनि मोअद्याहका कुलहरूका अगुवा पिल्तै थिए।
18
बिल्गाको कुलका अगुवा शम्मू थिए। शमायाहको कुलका अगुवा यहोनात थिए।
19
योयारीबका कुलका अगुवा मत्तनै थिए। यदायाहको कुलका अगुवा उज्जी थिए।
20
सल्लूको कुलका अगुवा कल्लै थिए। आमोकको कुलका अगुवा एबेर थिए।
21
हिल्कियाको कुलका अगुवा हशबियाह थिए। यदायाहको कुलका अगुवा नतनेल थिए।
22
एल्याशीब, योयादा, योहानान अनि यद्दूका समयमा लेवीका नाउँहरू कुलका अगुवाहरूका रूपमा लेखिएका थिए अनि पूजाहारीहरूका नाउँ पनि फारसीको शासनकालमा लेखिएका थिए।
23
लेवीहरूका कुलका अगुवाहरूका नाउँ एल्याशीबका छोरा योहानानको समयसम्म विवरण पुस्तकमा लेखिएका थिए।
24
लेवीहरूका अगुवाहरू हशब्याह, शेरेबिया, येशूअ, कद्मीएलका छोरा अनि तिनीहरूका सहयोगीहरू थिए जो तिनीहरू देखिपारि उभिए परमेश्वरका व्यक्ति दाऊदको आदेश अनुसार परमेश्वरको स्तुति गर्न अनि धन्यवाद ज्ञापन गर्नका निम्ति एक भागले अर्कोलाई उत्तरदिए।
25
मतन्याह, बक्बुक्याह, ओबदियाह, मशुल्लाम, तल्मोन अनि अक्कूब द्वारपालहरू थिए। जो द्वारहरूमा भएका भण्डार कक्षको छेउमा थिए।
26
यिनीहरूले योयाकीम येशूअका छोरा, योसादका छोराको समयमा अनि प्रशासक नहेम्याह अनि पूजाहारी र शिक्षक एज्राको समयमा सेवा गरे।
27
जब यरूशलेमको पर्खाललाई समर्पण गरियो। जहाँ कहींका लेवीहरूको खोज गरियो। अनि यरूशलेममा ल्याइयो खुशीयाली सहित, धन्यवाद ज्ञापन गर्ने, गायकहरू झ्यामटा, साराङ्गी अनि वीणाहरू सहित समर्पण समारोह मनाउनका निम्ति।
30
पूजाहारीहरू अनि लेवीहरूले आफैंलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध पारे।
31
त्यस पछि मैले यहूदाका अगुवाहरूलाई पर्खाल माथि ल्याएँ, अनि दुइ विशाल गायकहरूको समूहलाई धन्यवाद ज्ञापन गर्न नियुक्त गरें। एक समूह गायकदल दाहिनेतिर कसिङ्गरे द्वारतर्फ पर्खाल माथि गए।
32
अनि तिनीहरूपछि होशियाह अनि यहूदाका आधा अगुवाहरू गए।
33
अजर्याह, एज्रा, मशुल्लम,
34
यहूदा, बिन्यमीन, शमायाह अनि तुरहीसहित यिर्मयाह पनि गए।
35
केही पूजाहारीहरू अनि जकर्याह जोनाथनका छोरा, शमायाहका छोरा, मत्तन्याहका छोरा जक्कूरका छोरा आसापका छोरा।
36
अनि तिनका सहयोगीहरू शमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नतनेल, यहूदा अनि हनानी परमेश्वरका जन दाऊका वाद्य यन्त्रहरू सहित गए। अनि शास्त्री शिक्षक एज्रा तिनीहरूका अघि अघि गए।
37
अनि तिनीहरू फोहरा-मूल-ढोकामा गए। त्यस पछि तिनीहरू पर्खालको सिंढी भएर सिधै दाऊद शहरको सिंढी माथि गए र दाऊदको घरबाट नाघेर पानी मुल-ढोका तिर गए।
38
दोस्रो समूहका धन्यवाद ज्ञापन गाउनेदल देब्रेतर्फ गए। म र मानिसहरूका अन्य आधा अगुवाहरूले तिनीहरूलाई पर्खालको टुप्पो भएर भट्टी धरहरा।
39
पार गरी एप्रैमी मूल ढोका पारी फराकिलो पर्खाल तिर पुरानो शहरको ढोका मतस्य र मूल-ढोका हननेलको बुर्जा, भेडा-ढोकासम्म बुर्जा भएर भेडा द्वारसम्म अनुसरण गर्यौ। अनि तिनीहरू रक्षक ढोकामा रोकिए।
40
ती धन्यवाद ज्ञापन गर्ने दुइ दल गवैयाहरूले परमेश्वरको मन्दिरमा आफ्ना ठाउँहरू ग्रहण गरे यसकारण म अनि मेरा मानिसहरूका आधा अधिकारीहरू।
41
साथै पूजाहारीहरू एल्याकीम, मासेयाह, मिन्यामीन, मीकायाह, एल्योएनै, जकर्याह अनि हनन्याहले तुरही सहित हामिले
42
मासेयाह, शमायाह, एलाजार, उज्जी, यहोहानान, मल्कियाह, एलाम अनि एजेरले तिनीहरूका ठाउँहरू ग्रहण गर्यौं। गवैयाहरूले गाए अनि यिज्रहियाह अगुवा थिए।
43
त्यस दिन तिनीहरूले धेरै बलिदान अर्पण गरे र आनन्द मनाए किनभने परमेश्वरले तिनीहरूलाई महान खुशी प्रदान गर्नु भएको थियो स्त्री एवं केटा केटीहरूले पनि आनन्द मनाए, हामीले यरूशलेममा मनाएको उत्सव टाढासम्म सुनियो।
44
त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए।
45
दाऊद अनि उनका छोरा सुलेमानको आदेश अनुसार तिनीहरूले तिनीहरूको परमेश्वरको सेवा अनि शुद्धीकरण गरे।
46
यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेश्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने गवैयाहरूका अगुवाहरू थिए।
47
यसर्थ यरूबाबेल अनि नहेम्याहका समयमा समस्त इस्राएलले प्रत्येक दिन चाहिए जतिको अंश गवैयाहरूका निम्ति केही अंश छुट्याए अनि लेवीहरूले केही अंश हारूनका कुलको निम्ति छुट्याए।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13