bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Numbers 24
Numbers 24
Nepali ERV (पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
1
जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।
2
जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।
3
अनि बिलामले यो अगमवाणी दिएः “यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।
4
म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।
5
“हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्। हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।
6
तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।
7
तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्। अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढनेछ।
8
“परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन् र तिनीहरूको हड्डी फुटेर चूर पर्नेछ अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।
9
“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
10
बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।
11
अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिंए कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बञ्चित गराउनु भयो।”
12
बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।
13
‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ?’ म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।
14
अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”
15
तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासंग देख्न सक्छ,
16
कसले परमेश्वरको वचन सुन्न सक्छ अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्छु।
17
“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
18
इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।
19
“याकूबको वंशबाट शासक आउनेछ, र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
20
बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः “राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”
21
तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः “चट्टानमा बनिएको गुँड जस्तै तिमीहरू सुरक्षित छौ।
22
तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”
23
बिलामले तब फेरि अगमवाणी बोलेः “हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?
24
जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
25
त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36