bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali ERV (पवित्र बाइबल)
/
Ruth 2
Ruth 2
Nepali ERV (पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
1
बेतलेहेममा एकजना धनी मानिस थिए। तिनको नाउँ बोअज थियो। बोआज नाओमीका एलीमेकका परिवारका नजिकका आफन्तहरू मध्ये एक थिए।
2
एकदिन रूथले (मोआबी स्त्री) नाओमीलाई भनिन्, “म खेतहरूतिर जानलाई सोच्दैछु। हुन सक्छ म कसैलाई भेट्ने छु जो म प्रति दयालु हुने छन् अनि उनले आफ्नो खेतमा अन्न मलाई सिला गर्न दिनेछन्।”
3
नाओमीले भनिन, “राम्रो छोरी, जान सक्छौ।” यसर्थ रूथ खेतमा गइन्। तिनी काम गर्नेहरूको पछि-पछि लागिन् अनि तिनले त्यहाँ छाडिएका अन्नहरू जम्मा गरिन्। यस्तो भयो कि तिनी खेतको त्यस भागमा पुगिन् जो एलीमेलेकका परिवारको बोअजको खेत थियो।
4
पछि, बोअज बेतलेहेमबाट खेतमा आए। तिनले काम गर्नेहरूलाई अभिवादन गरे। तिनले भने, “परमप्रभु तिमीहरूका साथ रहून्।” अनि कामदारहरूले उत्तर दिए, “परमप्रभुले तपाईलाई आशिष दिऊन्।”
5
तब बोअजले तिनका सेवक जो कामदारको नाईकेसँग कुरा गरे र सोधे, “त्यो कसकी छोरी हो?”
6
ती नोकरले उत्तरदिए, “यी मोआबी स्त्री हुन जो मोआबको खेतहरूबाट नाओमीसित आएकी छिन्।
7
ती आज बिहानै आईन अनि तिनले मलाई कर्मीहरूको पछिलागेर भूइँमा छाडिएका अन्नहरू जम्मा गर्न सक्छु भनी सोधीन अनि त्यतिबेला देखि तिनीले काम गर्दै छिन्। ऊपरको घर उसको हो।”
8
तब बोअजले रूथलाई भने, “सुन नानी। आफ्नो निम्ति अन्न संग्रह गर्न यहाँ मेरो खेतमा बस। तिमीलाई अरू मानिसको खेतमा जान खाँचो छैन। मेरा स्त्री खेतालाहरूको पिछा गर।
9
कुन खेतमा तिनीहरू जान्छन् हेर अनि तिनीहरूलाई पछ्याऊ। तिमीलाई दिक्दारी नदिनु भनी मैले जवान मानिसहरूलाई चेतावनी दिएको छु। जब तिमीलाई तिर्खा लाग्छ, मेरा मानिसहरूले पानी पिउने घैलाबाट नै पिउनु।”
10
तब रूथले भूइँ तिर निहुरिएर शिर झुकाइन्। तिनले बोअजलाई भनिन्, “मलाई आश्चर्यलाग्यो तपाईंले मलाई ध्यानदिनु भयो। म एक नौली महिला हुँ। तर तपाईंले मलाई खूबै दया गर्नु भयो।”
11
बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ।
12
तिमीले गरेका सबै असल कुराको निम्ति परमप्रभुले तिमीलाई पुरष्कृत तुल्याउनु हुनेछ। इस्राएलका परमप्रभु परमेश्वरले तिमीलाई प्रशस्त दिनुहुनेछ। तिमी उहाँ कहाँ सुरक्षाको निम्ति आयौ अनि उहाँले तिम्रो सुरक्षा गर्नु हुनेछ।”
13
तब रूथले भनिन्, “महाशय, तपाईं मेरो निम्ति अत्यन्त दयावन्त हुनु भयो। म केवल एक सेविका हुँ। म तपाईंका यी स्त्री कामदार जतिको पनि छुईनँ। तर तपाईंले मलाई दयापूर्ण वचन भनेर मलाई सान्त्वना दिनुभयो।”
14
दिनको खानको समयमा बोअजले रूथलाई भने, “यहाँ आऊ, हामीसित केही रोटी खाऊ। रोटी सिर्कामा भिजाएर खाऊ।” यसर्थ रूथ ती कामदारहरूसँग बसिन्। बोअजले तिनलाई केही भूटेका अन्न दिए। रूथले नअघाएसम्म खाइन् अनि त्यहाँ केही भोजन उब्रिए।
15
तब रूथ उठिन् अनि काममा फर्कि गइन्। तब बोअजले आफ्ना सेवकहरूलाई भने, “रूथलाई अन्नका बिटा वरिपरि पनि अन्न संग्रह गर्न देऊ। उसलाई नरोक्नु।
16
अनि उसलाई केही दानाले भरिएका बाली काटेर उसको काम हलुका गरिदेऊ। उसलाई त्यो अन्न जम्मा गर्न देऊ। उसलाई नरोक।”
17
साँझ नपरेसम्म रूथले खेतमा काम गरि रहिन्। त्यसपछि तिनले भूसबाट अन्न अलग गरिन्। त्यहाँ लगभग एक एपा जति जौं थियो।
18
रूथले सासूलाई दिईन अनि त्यो अन्न बोकेर शहर तिर लागिन्। तिनले उनलाई त्यो भोजन पनि दिइन् जो दिनको खाजाबाट उब्रिएको थियो।
19
तिनकी सासुले तिनलाई सोधिन्, “तिमीले कहाँबाट यी सबै अन्न जम्मा गर्यौ? तिमीले कहाँ काम गर्यौ? त्यस मानिसलाई धन्य होस् जसले तिमीलाई ध्यान दिए।” तब रूथले तिनले को सित काम गरेकी थिइन् सो बताइन्। तिनीले भनिन्, “आज मैले जुन मानिससित काम गरें त्यो मानिसको नाउँ बोअज हो।”
20
तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “परमप्रभुले उलाई आशीर्वाद दिऊन्। उनले जीवित र मृतहरू प्रति आफ्नो दया देखाउने काम जारी राखेका छन्!” तब नाओमीले आफ्नी बुहारीलाई भनिन्, “बोअज हाम्रा एक आफन्त हुन्। बोअज हाम्रा एक रक्षक हुन्।”
21
तब मोआबी रूथले भनिन्, “बोअजले मलाई फर्कि आउनु अनि काम गर्दै गर्नु पनि भनेकाछन्। फसल कटाई खतम नभएसम्म बोअजले मलाई उनका कामदारहरूसितै काम गर्नु भनेकाछन्।”
22
तब नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, उसकी नोकर्नीहरूसंग निरन्तर कामगर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिमीले अर्काको खेतहरूमा काम गर्यौ भने कोही मानिसहरूले तिम्रो हानी गर्न सक्लान।”
23
यसर्थ रूथले बोअजका स्त्री कामदारहरू नजिक रहेर काम गरिरहिन्। तिनले गहुँको बाली कटाइ नसिद्धएसम्म अन्न जम्मा गरिन्। तिनले त्यहाँ गहुँको बाली कटाइको अन्तसम्म पनि काम गरिन्। रूथ आफ्नी सासू नाओमीको साथ बसिन्।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 3 →
All chapters:
1
2
3
4