bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Peter 2
2 Peter 2
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
1
उहिले इस्राएली मानिसहरूका माझमा झूटा अगमवक्ताहरू निस्के, त्यसरी नै तिमीहरूको माझमा पनि झूटा गुरुहरू आउनेछन्। तिनीहरूले बिगार्ने झूटो शिक्षा दिनेछन् अनि आफूलाई उद्धार दिनुहुने प्रभुलाई पनि त्याग्नेछन्। यसकारण तिमीहरूले आफैंमाथि अचानक नाश ल्याउनेछन्।
2
धेरैले तिनीहरूको घिनलाग्दो बाटो पैल्याउनेछन् अनि तिनीहरूको कामले गर्दा मानिसहरूले सत्यको बाटोको पनि विरोध गर्नेछन्।
3
लोभ-लालचमा परेर ती झूटा शिक्षकहरूले कुरा बनाएर नै तिमीहरूबाट फाइदा लिनेछन्। पहिले नै तिनीहरूको न्याय भइसकेको छ र तिनीहरूको नाश हुने नै छ।
4
परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई समेत बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फाल्नुभयो। त्यहाँ तिनीहरू अन्धकारमा बाँधिएर ठूलो न्यायको दिनसम्मलाई राखिएका छन्।
5
परमेश्वरले उहिलेको संसारलाई समेत बाँकी राख्नुभएन। परमेश्वरलाई नटेर्नेहरूलाई बाढी ल्याएर स्वाहा पार्नुभयो। खालि धार्मिकता प्रचार गर्ने नोआ र उनका सात जना मानिस बचाइए।
6
परमेश्वरले सदोम र गमोरालाई न्याय गरेर आगोले भस्म गर्नुभयो। यसरी परमेश्वरलाई नमान्नेको गति कस्तो हुँदोरहेछ, यो त्यसको एउटा नमुना भयो।
7
परमेश्वरले आफ्ना अघि ठीक ठहरिएका लोतलाई चाहिँ जोगाउनुभयो। उनले छाडा मानिसहरूका घिनलाग्दा चालचलनबाट दु:ख पाएका थिए।
8
ती असल मानिस यस्ताहरूका बीच बसेका थिए र दिनहुँ त्यस्ता नराम्रा कुराहरू देखे, सुने अनि उनको सोझो मन मानिसहरूका नराम्रा कामबाट छियाछिया भयो।
9
यसैकारण भक्तहरूलाई आपत्का दिनमा जोगाउन अनि दुष्टहरूलाई सजाय दिन इन्साफको दिनसम्म साँचेर राख्न प्रभुले जान्नुहुन्छ।
10
विशेषगरी परमेश्वरको अधिकारलाई हेला गर्ने अनि आफैं घिनलाग्दा छाडा भएर हिँड्नेहरू इन्साफको दिनसम्म साँचिनेछन्। यस्ता झूटा शिक्षा दिनेहरू हठी र घमण्डी हुन्छन् अनि स्वर्गीय प्राणीहरूको इज्जत पनि गर्दैनन्। बरु बेइज्जती गर्छन्।
11
स्वर्गदूतहरू यी झूटा शिक्षा दिनेहरूभन्दा धेरै शक्तिशाली र महान् छन् र पनि प्रभुका अघि झूटा शिक्षकहरूलाई होच्याएर दोष लाउँदैनन्।
12
तर यी मानिसहरू कुस्वभावले काम गर्छन्। तिनीहरू पक्रेर मारिनुपर्ने जङ्गली पशुझैँ छन्। तिनीहरूले बुझ्दै नबुझेका कुराको निन्दा गर्छन्। त्यसो हुँदा तिनीहरू पनि जङ्गली जनावरझैँ नाश गरिनेछन्।
13
तिनीहरूले अरूलाई दु:ख दिएकोमा तिनीहरू आफैंले दु:ख भोग्नुपर्नेछ। तिनीहरूका निम्ति आनन्दको मतलब दिउँसै शरीरको इच्छाहरू पूरा गर्नु हो। तिनीहरूसँग खानपिन गर्न बस्नु नै तिमीहरूका निम्ति लाजमर्दो र अपमानको कुरा हो। तिनीहरू सधैँ छलछाम गर्न मन पराउँछन्।
14
हरसमय तिनीहरूका आँखा छाडा स्त्रीहरूमाथि मात्र पर्छन् र जति पाप गर्दा पनि तिनीहरूलाई पुग्दैन। तिनीहरूले कमजोर मानिसहरूलाई फसाउँछन्। तिनीहरूको मनले लोभ गर्नमै बानी बसालेको छ। तिनीहरूमाथि नै परमेश्वरको श्राप पर्दछ।
15
तिनीहरू सोझो बाटो छोडेर जतासुकै लागेका छन्। तिनीहरू बओरको छोरो बालामको चालामा लागेका छन्। बालाम पापको कमाइमा लागेको थियो।
16
यस्तो पाप गर्दा उसले गाली पायो। नबोल्ने गधाले मानिसले झैँ बोलेर त्यस मूर्खको कामलाई रोक्यो।
17
यस्ता मानिसहरू सुकेका मुहान् हुन्। आँधीबेहरीले उडाउने कुइरो हुन्। यिनीहरूको लागि परमेश्वरले अँध्यारो खाडल राखिदिनुभएको छ।
18
तिनीहरूले घमण्डी र मूर्ख कुराहरू गर्छन् अनि शरीरलाई लोभ्याउने कामहरू देखाएर भर्खरै असत्यबाट उम्केकाहरूलाई पनि फसाउँछन्।
19
तिनीहरूलाई स्वतन्त्र गराउनेछौं भनी प्रतिज्ञा गर्दछन्, तर आफैंचाहिँ नाश गराउने बानीका कमारा हुन्छन्। तर जुन कुराले मानिसलाई जित्छ, मानिस त्यसको कमारो हुन्छ।
20
हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर संसारमा नाश पुर्याउने कुराहरूबाट बाँधेको मानिस फेरि तिनै कुरामा फस्तछ र हार खान्छ भने त्यसको गति पहिलेको भन्दा झन् नराम्रो हुन्छ।
21
परमेश्वरका अघि ठीक ठहरिने बाटो जानेर पनि आफूले पाएको पवित्र आज्ञालाई मान्दैन भने त बरु उसले यो बाटोको बारेमा कहिल्यै नजानेको भए राम्रो हुनेथियो।
22
तिनीहरू त यसरी उखानले भनेजस्तै छन्, “कुकुरले आफूले गरेको बान्ता फेरि खान थाल्छ,” अनि “नुहाइदिएको सुँगुर फेरि हिलैमा ढलीमली गर्छ।”
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 3 →
All chapters:
1
2
3