bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Peter 3
2 Peter 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
1
प्रियहरू, यो तिमीहरूलाई लेखेको दोस्रो पत्र हो। यी पत्रमा यिनै कुराहरूको सम्झना गराएर तिमीहरूका मनमा चोखा विचारहरू जगाउन खोजेको हुँ।
2
बितेका समयमा पवित्र अगमवक्ताहरूले दिएको शिक्षा अनि प्रेरितहरूले सुनाएको हाम्रा प्रभु र मुक्तिदाताको आज्ञा तिमीहरूले नबिर्सेको म चाहन्छु।
3
सबैभन्दा पहिला तिमीहरूले बुझ्नुपर्छ कि आखिरी दिनमा आफ्नै छाडा चालमा चल्नेहरू निक्लिआउनेछन्। तिनीहरूले तिमीहरूको खिसी गरेर भन्नेछन्,
4
“के ख्रीष्टले आउँछु भनेर प्रतिज्ञा गर्नुभएको होइन! हाम्रा पुर्खाहरू मरेर गए, तर संसारको सृष्टि भएदेखि चलेका सबै कुरा जस्ताको तस्तै चलिरहेका छन्।”
5
तिनीहरू जानी-जानीकन पनि सृष्टिका कुरा नजानेझैँ गर्छन्। परमेश्वरले आफ्नो वचनले नै स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी पानीबाट र पानीद्वारै बनियो।
6
फेरि पानीले नै पुरानो संसार नाश भयो।
7
तर अहिले भएको आकाश र पृथ्वी पनि आगोमा भस्म पारिन परमेश्वरको त्यही वचनले नै जोगाइराखिएको छ। परमेश्वर नमान्ने मानिसलाई दोषी ठहराएर नाश नगरेसम्म आकाश र पृथ्वी रहिरहनेछन्।
8
तर प्रियहरू, एउटा कुरा याद राख। परमप्रभु परमेश्वरलाई एक दिन र एक हजार वर्षमा केही फरक छैन।
9
कसै-कसैले विचारेजस्तो परमप्रभु परमेश्वर आफ्नो प्रतिज्ञा पूरा गर्न ढिलाउनुहुनेछैन। तर उहाँले तिमीहरूलाई पर्खिरहनुभएको छ। तिमीहरू कोही पनि नाश नभएको उहाँ चाहनुहुन्छ अनि सबैले आफ्ना पाप त्यागून् भन्ने उहाँको इच्छा छ।
10
तर प्रभुले न्याय गर्नुहुने दिन चोरझैँ अचानक आउनेछ। त्यस दिन आकाश-मण्डल ठूलो आवाज गरेर हराउनेछ आकाशका तारा, ग्रह-नक्षत्रहरू जलेर भस्म हुनेछन्। पृथ्वी र पृथ्वीमा भएका सबै कुरा नाश हुनेछन्।
11
सबै कुराहरू नाश गरिने हुँदा तिमीहरू कस्तो खालको मानिस हुनुपर्ने हो? तिमीहरूको जीवन पवित्र र परमेश्वरलाई चढाएको हुनुपर्छ।
12
तिमीहरूले परमेश्वरको न्याय गर्ने दिनको बाटो हेर्दा यो चाँडै होस् भनेर गर्नुपर्ने काम गर। त्यसै बेला आकाश-मण्डल डढेर भस्म हुनेछ अनि ग्रह-नक्षत्र तातोले पग्लेर जानेछन्।
13
तर हामी परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ पृथ्वी र नयाँ स्वर्गको बाटो हेर्दछौं। त्यहाँ धार्मिकता मात्रै रहनेछ।
14
यसैकारण प्रियहरू, त्यो दिन पर्खिंदा परमेश्वरका अघि पवित्र र दागरहित हुन अनि परमेश्वरसँग मिलापमा रहन जति सक्दो बल गर।
15
प्रभुले तिमीलाई पापबाट बाँच्ने मौका दिनुहुँदा उहाँ कति धीरजी हुनुहुन्छ, सो ध्यान देओ। हाम्रा प्रिय भाइ पावलले पनि परमेश्वरद्वारा पाएको ज्ञानबाट यी नै कुरा तिमीहरूलाई लेखेका थिए।
16
यस बारेमा तिनले त्यस्तै कुरा आफ्ना पत्रहरूमा लेखेका थिए। उनले लेखेका कति कुराहरू केही अप्ठ्यारा छन्। नजान्ने र बेटुङ्गे मानिसहरूले त्यसको उल्टा-पाल्टा अर्थ पनि लाउँछन्। उनीहरूले धर्मशास्त्रको पनि त्यसरी नै अर्थ लगाउँछन्। यसरी उनीहरूले आफैंलाई नाशमा पुर्याउँछन्।
17
तर प्रियहरू, तिमीहरूलाई यी सबै कुरा थाहा भइसकेका छन्। यसकारण होशियार गर। त्यसो हुँदा दुष्टहरूले अलमल्याउन पाउनेछैन अनि आफूले दह्रो गरी टेकेका ठाउँबाट लड्नेछैनौ।
18
तर सधैँभरि हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको ज्ञान र अनुग्रहमा बढ्दै-बढ्दै जाओ। अहिले र सधैँ प्रभुकै प्रशंसा होस्। आमेन!
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
All chapters:
1
2
3